arrow

क्वारेन्टाइनमै रमेशद्धारा आत्महत्या !

logo
बझाङ समाचारदाता,
प्रकाशित २०७७ असार ८ सोमबार
suicide.jpg

बझाङ । जिल्लाको छबिस पाथीभेरा गाउँपालिकामा क्वारेन्टाइनमा बसेका एक युवाले आइतबार राति आत्महत्या गरेका छन् । छबिस पाथीभेरा गाउँपालिका ७ स्थित मजखोरी माविको क्वारेन्टाइनमा बसेका ३२ वर्षीय रमेश धामीले आत्महत्या गरेको वडा नम्बर ७ का वडा अध्यक्ष पदमबहादुर मण्डेलले बताए । 

क्वारेन्टाइनमा आवत जावत कोही कसैले पनि नगरुन् भन्ने उदेश्यले डोरीको बार हालेको थियो । वडा अध्यक्ष मण्डेलले भने, ‘सोही डोरी लिएर धामीले क्वारेन्टाइनभित्रै झुण्डी आत्महत्या गरेका बुझिएको छ ।’ 

धामी असार ६ गते मात्रै भारतको ब्यालोरबाट घर पुगेका थिए । भारतबाट आएका धामीका श्रीमती र कान्छा छोरा भारतमा नै रहेका र उनका एक छोरा एक छोरी भने गाउँमा रहेको मण्डलले बताए । 

के कति कारणले आत्महत्या गरे भन्ने कुरा नबुझिएको जिल्ला प्रहरी कार्यालयका बझाङका डिएसपी गणेश बमले बताए । 

आत्महत्या गरेको भन्ने कुरा बुझिएको तर के कति कारणले आत्महत्या गरेको हो भन्ने कुरा नखुलेको बमले जानकारी दिए । 

अहिले सदरमुकाम चैनपुरबाट प्रमख जिल्ला अधिकारी कमलराज भण्डारीसहित डिएसपी गणेश बम र जिल्ला अस्पतालबाट डाक्टर सहितको टोली घटनास्थल तर्फ जाने तयारी भैरहेको डिएसपी बमले बताए । अहिले उक्त क्वारेन्टाईनमा ३ जना बसिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ