arrow

आईओएमको डीन नियुक्तिको बिरोध गर्दै नेबिसंघले बिरोध सहित बुझायो ज्ञापनपत्र

logo
प्रकाशित २०७७ असार ८ सोमबार
nsu-protest-iom.jpg

काठमाडौं। चिकित्सा शिक्षा अध्ययन संस्थानको डीन नियुक्ति प्रक्रियामा अनियमितता र नाजायज लेनदेन भएको भन्दै नेपाल बिद्यार्थी संघले बिरोध प्रदर्शन गर्दै त्रिवि उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको छ।

बरिष्ठता र बिज्ञताको आधारमा डीन नियक्त गर्नुपर्ने मापदण्डलाई कुल्चेर प्रधानमन्त्री ओली र नेकपा सरकारको चाकरी गरेकै आधारमा नीजि संस्थाहरुलाई पृष्ठपोषण गर्ने हेतुले कनिष्ठ प्राध्यापकलाई सर्च कमिटीको समेत मिलेमतोमा डीन नियुक्त गरिएकाले तत्काल खारेज गर्दै नीति, नियम, मापदण्ड अनुसार बिरष्ठ बिज्ञ प्राध्यापकलाई नियुक्त गरिनु पर्ने माग सहित प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाईएको प्रदर्शनमा सहभागी प्राबिधिक बिधार्थी परिषदका निबर्तमान अध्यक्ष ई.भुवन भट्टले बताए।

नेपाल बिधार्थी संघले नेकपा सरकारको ठाडो निर्देशनमा बिज्ञता र बरिष्ठताको आधारमा आइओएमको डीन नियुत्त गर्नुपर्ने डा.गोबिन्द केसीसँगको सम्झौताको ठाडो उलंघन गरेको प्रति घोर बिरोध गर्दै, तत्काल निर्णय फिर्ता लिदै डा.केसीसँगको सम्झौता  बमोजिम त्रिविको मापदण्ड बमोजिम डीन नियुक्त गर्न  समेत  माग गरेको छ।

आईओएमको डीन नियुक्ति गलत भएको भन्दै बिरोधप्रदर्शन सहित त्रिवि उपकुलपतिलाई ज्ञानपत्र बुझाउन नेबिसंघ निबर्तमान कोषाध्यक्ष शिव रिमाल, निबर्तमान केन्द्रीय सदस्यहरु सुशील तिमल्सेना, पुनम लामा, एलिजा ढकाल, प्रेमिका रानामगर, त्रिवि नेबिसंघ अध्यक्ष श्याम चन्द्र अधिकारि, कर्णाली प्रदेश काठमाौं सम्पर्क समिति अध्यक्ष धर्म शाही, पश्चिम रुकुम जिल्ला अध्यक्ष सुमन बुढामगर, नेबिसंघ त्रिविका उपाध्यक्ष सञ्जय चौधरी, नेबिसंघ नेत्री सरिता मगर, पोखरा बिश्वबिद्धालयका नेता अनुप केसी लगायतको उपस्थिति रहेको प्राबिधिक बिधार्थी परिषदका निबर्तमान अध्यक्ष ई.भट्टले बताए।

विश्वबिधालय जस्तो संस्था स्वायत्त नभएको आरोप एलिका ढकाल लगायत नेताहरुले आरोप लगाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ