arrow

‘दशगजामा आन्दोलनको अर्थ छैन, सिंहदरबार आउनुहोस्’

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1202852246.jpeg
भक्तपुर । पूर्वसभामुख सुवास नेम्वाङले आन्दोलनरत मधेसकेन्द्रित दलका नेतालाई देशको समस्या समाधान गर्न सिंहदरबारभित्र आउन आग्रह गरेका छन् । नेकपा(एमाले)चाँगुनारायण नगर कमिटीले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा एमाले नेता नेम्वाङले आन्दोलनरत दललाई आफ्नो आन्तरिक समस्या समाधानका दशगजामा बसेर आन्दोलन गर्नाको अर्थ नभएकाले सरकार र दलहरुसँग वार्ता गरी समाधान खोज्न आग्रह गरेका हुन् ।

नेपालको आन्तरिक मामलामा छिमेकी राष्ट्रले हस्तक्षेप गर्नु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड विपरीत हो भन्दै उनले भारतले नाकाबन्दीलाई लम्ब्याउन नहुने बताए । जनसङ्ख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण गर्नु समावेशी र न्यायोचित नहुने जिकिर गर्दै नेम्वाङले भने– “भूगोल र जनसङ्ख्या दुवैलाई आधार मानेर निर्वाचन क्षेत्र तोक्नु सान्दर्भिक हुन्छ, संविधानमा पनि यस्तै प्रावधान राखिएको छ ।” 

भारतले समेत भूगोल र जनसङ्ख्याका आधारमा ५० हजारदेखि २९ लाख जनतालाई समेट्ने गरी निर्वाचन क्षेत्र तोकेका सन्दर्भ कोट्याउँदै उनले नेपालमा जनसङ्ख्याका आधारमा मात्र निर्वाचन क्षेत्र निर्धारण गर्नु गलत हुने नेम्वाङले बताए । 

नेम्वाङले ८९ प्रतिशत सभासद्को समर्थन र ९९ प्रतिशत सभासद्को उपस्थितिमा जारी भएको संविधानमा कोही कसैको असन्तुष्टि भएमा राजनीतिक सहमतिका आधारमा संशोधन गर्ने प्रावधान रहेकाले असन्तुष्टको मागको वार्ताद्वारा समाधान खोज्न आग्रह गरे । 

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ, सांसद केदार सञ्जेल, एमाले जिल्ला कमिटी अध्यक्ष राजेन्द्र राजथला, चाँगुनगर कमिटी अध्यक्ष रमेश बुढाथोकीलगायतले भारतले लगाएको अघोषित नाकाबन्दी र मधेसी मोर्चाले सीमानाकामा धर्ना दिएर नेपाली जनतालाई दिएको दुःखकोमा विरोध गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ