arrow

कोरोनाको खोप नबन्दासम्म सामाजिक दुरी र मास्क अपनाऔँ : मोदी

logo
एएनआई,
प्रकाशित २०७७ असार १२ शुक्रबार
modi16.jpg

नयाँदिल्ली ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताए । 

कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्तिले “दुई गजको दुरी” भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उनले जोड दिए । 

कोरोनाका कारण विश्वभरी नै धेरै पक्षमा संकट ल्याएको बताउदै उनले यसलाई अवसरको रुपमा उपयोग गर्नु पर्नेमा जोड दिए ।

प्रधानमन्त्री मोदीले सामाजिक रुपमा पनि यसले धेरै उथलपुथल पारेपनि सतर्कता अपनाउदै अगाडी बढ्नु पर्ने धारणा राखे । 

“हामी सवै अहिले तलमाथी भएका छौँ, हाम्रो सामाजिक जीवनमा धेरै समस्या आएको छ, तर पनि हामी अब अगाडी बढ्नु पर्छ,” उनले एक कार्यक्रममा भने ।  

यो समयमा यस समस्याबाट प्रभावित नभएको संसारमै कोही नभएको बताउदै उनले यसको समाधानका उपायहरुको खोजी भइरहेको जानकारी दिए । 

यो रोगबाट कहिले मुक्ति पाइन्छ भन्ने थाहा नभएकाले यसको विरुद्धको खोप पत्ता नलाग्दासम्म सामाजिक दुरी कायम राख्ने, मास्कलगाउने लगायतका आधारभूत सतर्कताहरु अप्नाउनुको विकल्प नभएको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ