arrow

दिनप्रतिदिन संक्रमण बढेपछि मोदीको यस्तो आग्रह

logo
प्रकाशित २०७७ असार १२ शुक्रबार
narendra-modi2.jpg

 नयाँदिल्ली ।   भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको दैनिक संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । शुक्रबार सार्वजनिक भएको तथ्यांकले पनि एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै संक्रमित भएको देखाएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट १७ हजार २९६ जना संक्रमित भएका छन् ।

 भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । 

कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि हरेक व्यक्तिले “दुई गजको दुरी” भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उनले जोड दिए । 

कोरोनाका कारण विश्वभरी नै धेरै पक्षमा संकट ल्याएको बताउदै उनले यसलाई अवसरको रुपमा उपयोग गर्नु पर्नेमा जोड दिए ।

प्रधानमन्त्री मोदीले सामाजिक रुपमा पनि यसले धेरै उथलपुथल पारेपनि सतर्कता अपनाउदै अगाडी बढ्नु पर्ने धारणा राखे । 

“हामी सवै अहिले तलमाथी भएका छौँ, हाम्रो सामाजिक जीवनमा धेरै समस्या आएको छ, तर पनि हामी अब अगाडी बढ्नु पर्छ,” उनले एक कार्यक्रममा भने ।  

यो समयमा यस समस्याबाट प्रभावित नभएको संसारमै कोही नभएको बताउदै उनले यसको समाधानका उपायहरुको खोजी भइरहेको जानकारी दिए । 

यो रोगबाट कहिले मुक्ति पाइन्छ भन्ने थाहा नभएकाले यसको विरुद्धको खोप पत्ता नलाग्दासम्म सामाजिक दुरी कायम राख्ने, मास्कलगाउने लगायतका आधारभूत सतर्कताहरु अप्नाउनुको विकल्प नभएको उनको भनाई छ ।

भारतमा कोरोनाबाट कुल संक्रमितको संख्या चार लाख ९० हजार ४०१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
 
त्यसैगरी कोरोनाकै कारण भारतमा अहिलेसम्म १५ हजार ३०१ जनाको मृत्यु भएको छ । ती मध्ये ४०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतमा अहिले पनि एक लाख ८९ हजार ४६३ जना संक्रमित अवस्थामै रहेको जानकारी दिएका छन् । त्यसैगरी अरु दुई लाख ८५ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् । यो तथ्यांकअनुसार कुल संक्रमित मध्ये ५८.२४ प्रतिशत विरामी संक्रमणमुक्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ