arrow

रसुवामा पनि कोरोना सङ्क्रमण

logo
रासस,
प्रकाशित २०७७ असार १३ शनिबार
corona-virus.jpg

रसुवा। हिमाली जिल्ला रसुवामा आज पहिलो पटक कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। कुवेत र भारतबाट आएका नौ जनामा आज कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। रसुवामा सङ्क्रमण पुष्टि भएसँगै अब मुलुकका ७७ जिल्ला नै कोरोनाबाट प्रभावित भएका छन्। 

उनीहरु एक हप्ताअघिदेखि नौकुण्ड गाउँपालिका, पारच्याङ क्वारेन्टिनमा बसेका थिए। तिनीहरुमा आठ महिला र एक पुरुष रहेको जनस्वास्थ्य अधिकृत किरण श्रेष्ठले बताए। विदेशबाट आएका १७ जनाको स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा पठाइएकामध्ये नौ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि ग्रामीण स्वास्थ्य अस्पताल, जिबजिबेको आइसोलेशनमा लगिएको जनाइएको छ।

उनीहरुलाई विदेशबाट आउनेबित्तिकै क्वारेन्टिनमा राखिएको तथा परिवार र अन्यसँग भेट गर्न नदिइएको बताउँदै नौकुण्डका अध्यक्ष नुर्पुसाङ्बो घलेले थप सतर्कताका लागि सबै वडामा अनुरोध गरिसकिएको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार अहिलेसम्म सुरक्षित रसुवामा कोभिड–१९ पुष्टि भएपछि थप सतर्कता अपनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ