arrow

बझाङमा दुई महिने शिशु सहित थप ८ जनामा कोरोना संक्रमण, ७२ पुगे

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १३ शनिबार
corona-pcr-lab.jpg

बझाङ।  बझाङमा शनिवार २ महिने शिशु सहित थप ८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसंगै जिल्ला भित्र कोरोना संक्रमितको संख्या ७२ पुगेको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र वीर अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा बुङगल नगरपालिका वडा नं.१, ३ र ११ वडामा  २ महिने शिशु सहित थप ६ जना र केदारस्यूँ गाउँपालिका २ र ३ मा थप दुई जना पुरुषमा  गरि ८ जनामा कोरोना पुष्टी भएको हो । योसंगै बुंगल नगरपालिकामा  ५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार मात्र केदारस्यूँ गाउँपालिकाका १० महिने शिशुमा कोरोना संक्रमण देखिएको थियो। हालसम्म बझाङ जिल्लाका ६ वटा स्थानीय तहमा कोरोनाको संक्रमण पुष्टी भएको छ।

बुंगल नगरपालिका, विथ्थडचिर, केदारस्युँ, थलारा, खप्तडछान्ना र छविसपाथिभेरा गाउँपालिकामा कोरोनाको संक्रमण देखिएको हो ।

जिल्लाभर १६ जना महिला र ५५ जना पुरुष गरेर जम्मा ७२ जनामा कोरोना संक्रमणको पुष्टी भएको स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ