arrow

स्याङ्जामा कोरोना जितेर ३४ फर्किए, २२ थपिए

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ असार १३ शनिबार
kalika-haspital-shyanjga.jpg

स्याङ्जा। स्याङ्जामा शनिवार ३४ जना कोरोना संक्रमित स्वास्थ्यलाभ गरि घर फर्किएका छन् भने २२ जना संक्रमित थपिएका छन् । हालसम्म स्याङ्जामा कोरोना संक्रमण जित्नेको संख्या ५६ पुगेको छ भने संक्रमितको संख्या १ सय ५९ पुगेको छ।

कालिका सामुदायिक अस्पताल हेलुमा रहेका ३४ जना संक्रमितको दोस्रो परिक्षण नेगेटिभ आएपछि उनीहरुलाई शनिवार घर पठाईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । अस्पतालमा रहेका ४१ जना संक्रमितको दोस्रो परिक्षणका लागि स्वाव संकलन गरि पठाईएकोमा ७ जनाको भने दोस्रो परिक्षण पनि पोजेटिभ नै आएको छ भने अन्यको नेगेटिभ आएको छ ।

शनिवार घर फर्कनेहरुमा गल्याङ नगरपालिकाका १६ जना, वालिङका १० जना, आँधीखोला गाँउपालिकाका ४ जना, अर्जुनचौपारी गाँउपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना रहेको प्रजिअ क्षेत्रीले बताए ।

अहिलेसम्म स्याङ्जामा कोरोना संक्रमणबाट दुई जना पुरुषले ज्यान गुमाएका छन् । कोरोनामुक्त भएकाहरुलाई, भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल, वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँण, स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख याम प्रसाद शर्मा, स्वास्थ्यकर्मी लगायतले कोरोना संक्रमण निको भएकाहरुलाई बिदाई गरेका थिए।

शनिवार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको रिर्पोटमा १२ महिने बच्चा सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । एकै घरका श्रीमान, श्रीमति र बच्चा सहित २२ जनामा संक्रमण देखिएको छ । १७ पुरुष सहित ६ महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नयाँ थपिनेमा अर्जुनचौपारी गाँउपालिकाका १९ जना रहेका छन्  भने पुतलीबजार नगरपालिकाका १ पुरुष, बिरुवाका १ पुरुष र वालिङका १ पुरुष रहेका छन् । थपिने संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेका मानिसहरु हुन् । संक्रमितहरुलाई थप उपचारका लागि आइसोलेसनमा ल्याउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

जिल्लामा ११ पालिका मध्ये अहिलेसम्म फेदिखोला गाउँपालिका बाहेक सबैमा कोरोना संक्रमण देखिएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले दिएको जानकारी अनुसार पुतलीबजार २, वालिङ ३४, गल्याङ् ३१, भीरकोट १, र चापाकोट नगरपालिकामा १६ जना संक्रमित भेटिएका छन्। आँधीखोला ४, विरुवा २, हरिनास २, कालीगण्डकी १५ र अर्जुनचौपारी गाँउपालिकामा ३७ जनामा कोरोना संक्रमण भेटिएको छ । संक्रमण देखिएका मध्ये सबैभन्दा बढी अर्जुनचौपारी गाउँपालिकाका रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ