arrow

सिद्धबाबा नजिकै पहिरो खस्यो, सडक अवरुद्ध

logo
प्रकाशित २०७७ असार १४ आइतबार
siddhababa.jpg

पाल्पा । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र नजीकै पहिरो खस्दा आइतबार सडक अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा–बुटबल सडकखण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजीकै पहिरो खस्दा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

अविरल वर्षा भइरहेकाले पहिरो हटाउन नसकिएकोे जनाइएको छ । यसैबीच तानसेन –रामपुर सडकखण्डको चापगैरामा पनि सडक अवरुद्ध भएको छ । 

पूर्वखोला गाउँपालिका– १ चापगैरामा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । वर्षा भइरहेको र ढुङ्गा झरिरहेकाले पहिरो हटाउन नसकिएको प्रनाउ गिरीले बताए । 

पहिराबारे यात्रु तथा चालकलाई जानकारी नहुँदा उनीहरु बीच बाटामा  नै अलपत्र परेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ