arrow

रौतहटमा समुदायमा फैलियो कोरोना, स्थानीय प्रशासनको कमजोरीका कारण फैलिएको आरोप

logo
प्रीमेश शिवाकोटी,
प्रकाशित २०७७ असार १४ आइतबार
rautahat-bazar.jpg

रौतहट। कोरोना संक्रमण समुदायमा फैलिन थालेको छ। रौतहटमा दुई जना वडाध्यक्षसहित क्वारेन्टिन बाहिरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमण समुदायमा फैलिएको हो। 

जिल्लाको बौधीमाई नगरपालिकाका दुई जना वडाध्यक्ष, दुई जना कार्यपालिका सदस्य, दुई जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र ७ जना कर्मचारी गरी कुल १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिए । शनिबार आएको पीसीआर परीक्षणको रिपोर्ट अनुसार उनीहरूमा संक्रमण पुष्टि भएको उनले बताए ।

जनप्रतिनिधिहरु जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने गरेको र कर्मचारीहरू समेत काम कारबाही गर्नुपर्ने कारणले संक्रमित भएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक ट्रेसिङ गरी तत्काल कोरोना परीक्षण गरिनुपर्ने स्थानीयको माग छ। 

संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई नगर क्षेत्रभित्र रहेको विद्यालयमा निर्मित आइसोलेसनमा पठाइएको छ। गृह मन्त्रालयले रौतहटलाई ' रेड जोन ' मा राखेको अवस्थामा व्यापार ब्यबसाय निर्बाध रुपमा संचालन भइरहेका छ्न भने बजार पुर्ण रुपमा खुलेका छन्। स्थानीय प्रसाशनले गृहको निर्देशन अनुसार काम नगरेका कारण समुदायमा कोरोना फैलिएको वरिष्ठ पत्रकार यादबराज पुरीको ठम्याइ छ। 

दुई नगरपालिका सिल

रौतहटको दुई वटा स्थानीय तहलाई जिल्ला प्रसाशन कार्यालय रौतहटले सिल गरेको छ। आइतबार बौधीमाई र ईशानाथ नगरपालिका सिल गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । जिल्ला सुरक्षा समितिको बैठकले नगरपालिकालाई सिल गर्ने निर्णय गरेको उनले बताए । क्वारेन्टिन बाहिरका व्यक्तिहरूमा कोरोना संक्रमण देखिनु ठूलो चिन्ताको विषय भएकाले महामारीको रुपमा बढ्न नदिन बौधीमाई र इशनाथ नगरपालिकालाई सिल गरिएको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ