arrow

काँग्रेस केन्द्रीय समिति बैठक मङ्गलबार

logo
रासस,
प्रकाशित २०७७ असार १५ सोमबार
congress-cwc-meeing.jpg

काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार १६ गते दिउँसो १:०० बजे बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा  कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित पार्टीको १४औँ महाधिवेशन र अधिवेशनको कार्यतालिका बारेमा छलफल हुने बताइएको छ।

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले काँग्रेसको १४औँ महाधिवेशन निर्धारित समय आगामी फागुन ७ देखि १० गतेसम्म नै काठमाडौँमा गर्ने र अन्य अधिवेशनका तालिकामा सामान्य हेरफेर गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई केन्द्रीय समितिको आगामी बैठकले पारित गर्ने पार्टी कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ