arrow

कहिले आउला कोरोनाको भ्याक्सिन ? विश्वभर १४८ टिम सक्रिय, बेलायत अगाडि

logo
प्रकाशित २०७७ असार १६ मंगलबार
corona-vaccine-test.jpg

काठमाडौं । विश्वका २१५ देश तथा प्रशासित क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ४ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । 

५ लाख ७ हजार ५ सय भन्दा बढीको ज्यान गइसकेको छ । गत डिसेम्बरको अन्त्यदेखि देखिएको यो भाइरसको उपचार अहिलेसम्म बनिसकेको छैन । भ्याक्सिन बनेकै छैन । कहिलेसम्म भ्याक्सिन बन्ला भन्ने यकिन नै छैन ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार १४८ विभिन्न टिमले कोरोना भाइरसको भ्याक्सिन निकाल्नका लागि काम गरिरहेका छन् । तर अझै सफलता हासिल भइरहेको छैन । 

१४८ मध्ये १३१ भ्याक्सिन प्रि–क्लिनिकल प्रक्रियामा रहेका छन् भने बाँकी १७ भ्याक्सिन क्लिनिकल ट्रायल फेजमा रहेका छन् । 

कुनै बिरामीको भ्याक्सिन बन्नका लागि १५ वर्षसम्म पनि लागेका उदाहरण छन् । तर जुन गतिले काम भइरहेको छ यसपटक कोरोनाको छिट्टै भ्याक्सिन निस्कन पनि सक्छ । 

यही गतिमा अगाडि बढ्दै जाँदा अबको एक वर्षभित्र भ्याक्सिन आउन सक्ने डब्लुएचओका प्रमुख टेड्रोस गेब्रेसियसले बताएका छन् । 

सबैभन्दा तीव्र गतिमा बेलायतको अक्सफोर्ड युनिभर्सिटी र त्यहाँको कम्पनी एस्ट्राजेनेका अगाडि बढेको छ । यो तेस्रो फेजमा पुगेको दावीसमेत गरिएको छ । यसको वैज्ञानिक नाम एजेडडीवनटुटुटु रहेको छ । 

भ्याक्सिन उत्पादनका लागि एस्ट्राजेनेकाले कयौं कम्पनीसंग हातसमेत मिलाइसकेको छ । यसमा भारतको सिरम इस्टिच्यूट अफ इन्डिया पनि रहेको छ । 

चीनको क्यानसिनो बायलोजिक्सले बनाइरहेको ‘एजेडफाइभएनकोभ’ भ्याक्सिन दोस्रो  फेजमा पुगेको बताइएको छ । 

त्यस्तै अमेरिकाको मोडर्ना र एनआइएआइडीले बनाइरहेको ‘एमआरएनए–वनटुसभेनथ्री’ भ्याक्सिन दोस्रो चरणमा पुगेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ