arrow

सबै क्वारेन्टिनमा खाद्यान्न सामग्री वितरण

logo
प्रकाश बम, 
प्रकाशित २०७७ असार १६ मंगलबार
79249258_729245094286444_27.jpg

बाजुरा । स्थानिय सरकारलाई क्वारेन्टिन र भारतबाट आउने नागरिकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । यसैबीच समाज सेवी भक्तराज जोशी खाद्यान्न सामग्री सहित बाजुरा  पुगेका छन् । मानवीय सेवा समर्पित जोशीले विभिन्न समयमा सामाजिक कार्यमा सहयोग गर्दै आएका छन् ।  

सोमबार समाजसेवी जोशीले मानवीय सेवामा अनेकौं प्रयास नामक संस्था अन्तर्गत  १०जिल्लामा सञ्चालित केयर एण्ड रिलिफ परियोजाको आपतकालिन राहत तथा उद्धार कार्यक्रम अन्तर्गत बुढिगङ्गा नगर पाकिलाका सबै क्वारेन्टिन खाद्यान्न सामग्री वितरण गरेका छन् । 

अध्यक्ष जोशीले बुडिगङ्गा नगर पालिकालाई  २५ क्वीन्टल चामल, ३क्वीन्टल दाल, तोरीको तेल ४ पेटी , सय किलो आयोडिन नुन र  ४ पेटी साबुन वितरण गरेका छन् ।

उक्त खाद्यान्न सामग्री बुडिगङ्गा नगरपालीकाका नगर प्रमुख दिपक विक्रम शाहलाई हस्तान्तरण गरेको अध्यक्ष जोशीले बताए  ।

यस्तो विपतको घडीमा संस्थाले उपलब्ध गराएको खाद्यान्न सामग्रीले आफुहरुलाई ठूलो सहयोग पुग्ने बुडिगङ्गा नगरपालिकाका नगर प्रमुख शाहले बताए । 

खाद्यान्न सामग्री क्वारेन्टिनमा बसेकाहरुका लागि वितरण गरिएको जोशीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ