arrow

चीनद्धारा हङकङका लागि विवादित नयाँ राष्ट्रिय सुरक्षा कानुन पारित, बुधबारदेखि लागु 

logo
प्रकाशित २०७७ असार १६ मंगलबार
china-hongkong.jpg

काठमाडौं । चीनले हङकङका लागि विवादित नयाँ सुरक्षा कानुन पारित गरेको छ । बेइजिङस्थित चिनियाँ संसदले हङकङको लामो समयदेखिको विवादित कानुन पारित गरेको हो । 

उक्त नयाँ कानुन जुलाई १ (बुधबारदेखि) लागु गर्ने पनि बताइएको छ । हङकङ बेलायतबाट चीनलाई हस्तान्तरण गरिएको जुलाई १ का दिन पर्ने २३ औं वर्षगाँठदेखि लागु हुने चिनियाँ सचारमाध्यमहरुले जनाएका छन् ।

सन् १९९७ मा बेलायतबाट चीनले हङकङलाई लिएको थियो । 

अलगाव, विध्वंस, आतंकवाद वा विदेशी सेनासँगको सहकार्य लगायतमा प्रतिबन्ध लगाउने सहितको राष्ट्रिय सुरक्षा कानुन चिनियाँ संसदले सर्वसम्मतिले पारित गरेको हो ।

राष्ट्रिय पिपुल्स कांग्रेसको स्थायी समितिले  मंगलबार बिहान अनुमोदन गरेको कानुन अनुसार उक्त कानुन उल्लंघन गरे लामो समय जेल सजायँ भोग्नु पर्ने बीबीसीले लेखेको छ । 

चीनले भने अझै यो विधेयक पास भएको बारेमा आधिकारिक जानकारी दिएको छैन । 

कानून अनुमोदन अगाडी हङकङबाट त्यहाँ प्रतिनिधित्व गर्ने सीमित प्रतिनिधिलाई मस्यौदा हेर्न दिइएको जनाइएको छ । 

यही कानुनको विषयलाई लिएर हङकङमा गत वर्ष लामो समयसम्म बिरोध चर्किएको थियो । जनस्तरबाट नेतृत्वलाई सत्ता छाड्न समेत चुनौती आएको थियो । 

तत्कालीन अवस्थामा चिनियाँ सरकार हङकङ सरकारलाई दवाव दिनबाट पछाडि समेत परेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ