arrow

भारतमा कोरोना संक्रमित छ लाख नाघे, दर बढ्दो 

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
corona-india.JPG

काठमाडौं ।  भारतमा पछिल्ला केही दिनदेखि निरन्तर रुपले कोरोना भाइरस संक्रमितको दर बढिरहेको छ । बुधबार २४ घण्टामा १९ हजार ४२८ जना संक्रमित थपिएका छन् । योसंगै जम्मा संक्रमितको संख्या ६ लाख ५ हजार २२० पुगेको छ । 

यसअघि गत मंगलबार १८ हजार २५६ जना संक्रमित फेला परेका थिए । सोमबार १८ हजार ३३९ जना र आइतबार २४ घण्टामा सबैभन्दा बढी १९ हजार ६२० संक्रमित थपिएका थिए । बुधबारको संख्या दोस्रो उच्च हो । 

कोरोनाबाट निको हुने पछिल्लो २४ घण्टामा १२ हजार ५७ पुगेका छन् । अहिलेसम्म निको हुने ३ लाख ५९ हजार ८९६ पुगेको छ । 

निको हुनेको संख्या सक्रिय संक्रमित भन्दा बढी भएकाले अवस्था सन्तोषजनकै रहेको बताइएको छ । हाल सक्रिय संक्रमित २ लाख २७ हजार ४१० जना रहेका छन् । 

मृतकको संख्या १७ हजार ८४८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ मृतक थपिएका छन् । 

कुन राज्यमा कस्तो 
महाराष्ट्र सबैभन्दा पीडित बनेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५३७ जना संक्रमित थपिएका छन् । संक्रमित १ लाख ८० हजार २९८ पुगेको छ । मृतक १९८ थपिएर ८ हजार ५३ पुगेका छन् । 

तमिलनाडुमा ३ हजार ८८२ थपिएर ९४ हजार ४९ पुगेको छ । मृतक ६३ थपिएर १ हजार २६४ पुगेका छन् । 

दिल्लीमा २ हजार ४४२नयाँ संक्रमित  थपिएर ८९ हजार ८०२ पुगेका छन् । मृतक ६१ थपिएर २ हजार ८०३ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ