arrow

इनफ इज इनफका सत्याग्रहीको जीवन खतरामा, सरकार मौन

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
enough-is-enough.jpg

काठमाडौं । इनफ इज इनफले सरकारका गतिविधि सहनयोग्य नभएको भन्दै विरोध कार्यक्रमलाई निरन्तरता दिएको छ । सत्याग्रहमा बसिरहेकाहरुको जीवनरक्षाका लागि सरकार मौन रहेको भन्दै त्यसको विरोध गर्दै ऐक्यवद्धता तथा विरोध कार्यक्रम भइरहेका छन् । 

बिहीबार साँझ ५ देखि ७ बजेसम्म पाटन दरबार स्क्वायर ललितपुरमा उक्त कार्यक्रम हुन लागेको हो । 

आन्दोलित युवाहरुको जायज मागहरुलाई बेवास्ता गर्दै सरकारले सत्यग्राहीहरुको जीवन पनि खतरामा परेको भन्दै उनीहरुले ऐक्यवद्धता तथा विरोध कार्यक्रम गर्न लागेका हुन् । 

कोरोना भाइरस (कोभिड–१९)  को सवाल व्यावस्थापन गर्न नसकेर आम जनताको जीवन खतरामा पारेको सरकारलाई उत्तरदायी बनाउन थालिएको सत्याग्रहप्रति सरकारले बेवास्ता गरेको हो । 

तसर्थ सत्याग्रहीको जीवन रक्षार्थ बिहीबार बृहत प्रदर्शनीमा सहभागी हुन इनफ इज इनफले अनुरोध समेत गरेको छ । 

सुदन अस्पतालमा अन्यको सत्याग्रह जारी
सत्याग्रही इनफ इज इनफका अभियन्ता एवं सदस्य सुदन गुरुङ अस्पतालमा भर्ना भएका छन् । सरकारसित कोभिड १९ को सबल व्यबस्थापनको माग गर्दै सत्याग्रहमा बसेका उनको स्वास्थ्य गम्भीर भएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्जनमा भर्ना गरिएको हो । 

पाटनको मंगलबजारमा ६ दिनदेखि इनफ इज इनफको आयोजनामा पानीसमेत नपिइ गरिरहेको सत्याग्रहमा बेहोस भएपछि सुदनलाई अस्पताल लगिएको थियो । 

उनले प्राथमिक उपचार पश्चात अस्पतालबाटै चिकित्सकको रेखदेखमा सत्याग्रह जारी राख्ने अभियानले जनाएको छ । 

सुदन लगायत अरु ५ जना अभियन्ता ईः, शुभानी प्रजापती, पुकार बम र पुजा केसीले अहिले पनि खाना पानी बिना नै सत्याग्रह जारी राखेका छन् ।

के के छन् इनफ इज इनफका मागहरु–
१, लक्षणहरू देखिए वा नदेखिए पनि जोखिममा भएका सबैकालागि तुरुन्तै पीसीआर परीक्षण उपलब्ध गराइयोस्। यसमा निम्न व्यक्ति पर्दछन्स्

क, भारतबाट नेपाल फर्किरहेका सबै व्यक्ति

ख,  हवाईमार्ग वा जमिन हुँदै खाडी मुलुक र अन्य ठाउँबाट नेपाल फर्किरहेका सबै व्यक्ति

ग, कोभिड १९ संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्ति

घ, सम्पूर्ण स्वास्थ्य सेवाकर्मी, अत्यावश्यक सेवाकर्मी, र जोखिममा हुने अरू सबै (नियमित रूपमा परीक्षण गराउनुपर्ने समूह)

ङ, श्वासप्रश्वास सम्बन्धी रोगका लक्षण देखापरेका, ज्वरो आएका, र स्वाद लिने वा गन्ध सुँघ्ने शक्ति हराएको जस्ता  कोभिड९१९ का कुनै पनिलक्षण देखापरेका व्यक्ति

च,  पीसीआर परीक्षण गराइनुपर्ने चिकित्सकीय सुझाव पाएका सबै व्यक्ति 

२, खतरामा भएका सबैलाई यी चार तहमा विभाजन गर्ने विधि अपनाइयोस्

तह ०– आगन्तुक यात्रुहरूलाई आगमनमै र सकेसम्म छिटो पीसीआर परीक्षण गरियोस् 

तह १ – सम्भव भएसम्म घरमै सुरक्षित तरिकाले सेल्फ क्वारेन्टाइनस् कमसेकम १४ दिनको अवधिभर आफूमा देखिनसक्ने सबै ल‍क्षणहरू जाँच्दै स्थानीय सरकारको सुझावअनुसारको आइसोलेसन विधि पालना गर्ने

तह २ – सुरक्षित रूपमा सामूहिक क्वारेन्टाइनस् कोठाको अभाव, दुर्गम क्षेत्र भएर, सुरक्षा वा पारिवारिक कारणले गर्दा घरमै सेल्फ क्वारेन्टाइन गर्न नसक्ने व्यक्तिका लागि स्थानीय सरकारले व्यवस्था गरेको सामूहिक क्वारेन्टाइन केन्द्र

तह ३ –  स्वास्थ्य प्रबन्ध भएका सामूहिक आइसोलेसन केन्द्रस् कोभिड १९ को संक्रमण भएका तर गम्भीर ल‍क्षणहरू देखा नपरेका सबै बिरामीका लागि यी आइसोलेसन केन्द्रहरूको प्रबन्ध हुनुपर्दछ। यस्ता केन्द्र कोभिड–१९को उपचारका लागि तोकिएका अस्पतालका नजिक हुनुपर्दछ

तह ४ – अस्पतालमा उच्चस्तरको उपचारस् स्वास्थ्य सेवा आवश्यक हुने कोभिड १९ संक्रमित बिरामीलाई अस्पतालमा उच्चस्तरको उपचार उपलब्ध गराइनुपर्दछ

३, अग्रपंक्तिका स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारीलाई सुरक्षा दिइयोस्

क, हेल्थ सेक्टर इमर्जेन्सी रेस्पन्स प्लानमा तोकिएअनुसार आवश्यक पर्ने सबैलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई तथा अन्य सुविधा उपलब्ध गराइयोस्

ख, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६६ को धारा ९३०, र आवासको अधिकार सम्बन्धी ऐन २०७५ को धारा ९३० ९४० को पालना र कार्यन्वयन गरियोस्

ग, आवासको अधिकार सम्बन्धी ऐनले प्रत्याभूत गरे अनुसार बाहालमा बस्ने सबैलाई अवश्यकता अनुसार सुरक्षित आवास तथा कानूनी सुरक्षा उपलब्ध गराइयोस्

घ, स्वास्थ्य सेवाकर्मी र अस्पतालका कर्मचारीमाथि गरिने भेदभाव र दुर्व्यवहारका विरुद्ध कानूनी मान्यतासहितको शून्य सहिष्णुता निति अपनाइयोस्

ङ, कोभिड १९ का बिरामीको सेवा गर्दागर्दै मृत्यु वा अपङ्गता भएको खण्डमा ती स्वास्थ्यकर्मी र परिवारलाई आर्थिक क्षतिपूर्तिको व्यवस्था गरियोस्  

४, कोभिड १९ को आशंका भएका वा कोभिड १९ संक्रमित सबैलाई नागरिक, कानूनी, र विश्वव्यापी मानवाधिकार सुरक्षा उपलब्ध गराइयोस्, जसमा निम्न बुँदाहरू पर्दछन्

क, हिंसा, दुर्व्यवहार वा द्वेषभावलगायत हरेक किसिमको विभेदबाट सुरक्षा

ख, उपचार र सार्वजनिक सेवाहरूमा न्यायसंगत पहुँच

ग, गोपनीयताको अधिकार

घ, सुरक्षित आवासको अधिकार

५, दैनिक ज्यालामा आश्रित मजदूर, विदेशबाट फर्किरहेका प्रवासी नेपाली र न्यूनआय भएका तथा सीमान्तकृत समुदायका नागरिकहरूले धेरै कष्ट भोगिरहेका छन् भन्ने स्वीकार गरियोस्। उनीहरूलाई सम्मानपूर्वक व्यवहार गरियोस् र नागरिक, कानूनी, र विश्वव्यापी मानवाधिकार सुरक्षा उपलब्ध गराइयोस्, जसमा निम्न बुँदा पर्दछन् 

क, जातीय, लैङ्गिक, आर्थिक हैसियतमा आधारित लगायतका कुनै पनि किसिमका भेदभावबाट सुरक्षा

ख, शारीरिक, मौखिक तथा मानसिक यातनाबाट सुरक्षा

ग, आफ्नो समुदाय तथा गन्तव्यसम्म सुरक्षित तथा निस्शुल्क यात्राको  व्यवस्था

घ, लकडाउनबाट प्रभावित अभावग्रस्त व्यक्तिका लागि खाद्य सम्बन्धी हक सुनिश्चित गर्नेबारे सम्माननीय सर्वोच्च अदालतको आदेशको पालनास भारत तथा अन्य देशबाट नेपाली नागरिकको सुरक्षित घरफिर्तीस सबै फर्केका नागरिकका लागि गाँस, बास र स्वास्थ्य उपचारको प्रावधानस र आर्थिक रूपमा सीमान्तकृत सम्पूर्ण नागरिकलाई राहत सामग्री वितरण।

ङ, यात्राको समयमा वा क्वारेन्टाइन केन्द्रमा रहेका महिला तथा बालबालिकाको सुरक्षा तथा गोपनियता सुनिश्चित गर्ने 

६, बजेट निर्धारण र खर्चलगायत कोभिड व्यवस्थापनबारे सम्पूर्ण जानकारी जनतालाई उपलब्ध गराउँदै पारदर्शिता र जिम्मेवारीको प्रतिबद्धता जाहेर गरियोस्

क, अर्बौंको अनुपातमा भइरहेको खर्च वास्तविक पीडीतको सेवामा प्रयोग भएको सुनिश्चित गर्न सम्पूर्ण कोभिड १९ राहत कार्यक्रममा सरकारले पारदर्शिता र भ्रष्टाचारविरुद्ध उपाय समावेश गर्नुपर्छ।

ख, सरकारले थोरैमा पनि सम्पूर्ण सार्वजनिक ठेक्का प्रकाशित गर्ने प्रतिबद्धता लिनुपर्दछस खुला र प्रतिस्पर्धी प्रक्रियामार्फत ठेक्का दिनुपर्दछस आपतकालिन र गैरप्रतिस्पर्धी प्रक्रियाको प्रयोग अत्यन्तै सीमीत राखिनुपर्दछस ठेक्का प्रदान गरिएको कम्पनीको नाम र स्वामित्वबारे विवरण प्रकाशन गर्नुपर्दछस र अख्तियार कार्यलयलाई सामाग्री खरिद र कोषको प्रयोगको निगरानी गर्न अधिकार दिइनुपर्दछ।

ग, कोभिड १९ राहत कोषको खर्च कसरी हुँदैछ भन्ने जानकारी सरकारले आन्तरिक लेखा परीक्षकहरूलाई तुरुन्तै र स्वतन्त्र लेखा परीक्षकहरूलाई सकेसम्म चाँडो उपलब्ध गराउनुपर्दछ।

७, बढ्दो गम्भीर प्रकृतिका बिरामीहरूको सङ्ख्यालाई ध्यानमा राखि गहन चिकित्सा कक्ष ९आई।सी।यू।० लगायत अस्पताल तथा स्वास्थ्योपचार क्षमतालाई आवाश्यकतानुसार नियमित पूनरावलोकन गर्दै दुरुस्त तयार अवस्थामा राखिनुपर्दछ।

८, लकडाउन खुकुलो बनाउने नियामक मार्गदर्शनमा रहेको अस्पष्टतालाई तत्काल संबोधन गरिनुपर्दछ। त्यसमा स्वास्थ्य जोखिमबारे पूर्णजानकारी दिँदै भौतिकदूरीबारे प्रस्तावित नियमको पालनामा स्पष्ट जोड दिनुपर्दछ।

अहिंसात्मक र सुरक्षित तरिकाले र सम्भव भएसम्म भौतिक दूरी कायम राखेर गरिने विरोध प्रदर्शनप्रति हामी निरन्तर प्रतिबद्ध छौँ । केहि षडयन्त्रवादीहरूले दाबी गरेजस्तो हामी कुनै राष्ट्रविरोधी तत्त्व होइनौँ । हाम्रो गम्भीर चिन्ता आफ्नो देशप्रतिको मायाबाट निस्किएको हो। अग्रपंक्तिका सबै स्वास्थ्यकर्मी, स्थानीय तहका स्वयंसेवक समूह, र समुदायका अगुवाहरूले गर्नुभएको सम्पूर्ण सकारात्मक प्रयासलाई हामी सलाम गर्दछौँ।

महामारीको खतराका वावजुद विरोधको आवाज उठाउनु हाम्रो संविधानप्रदत्त अधिकार हो र अहिलेको समयमा विशेषगरि सबैभन्दा जोखिममा रहेपनि आफ्नो आवाज  बुलन्द गर्न नसकिरहेका हाम्रा दाजुभाइ दिदीबहिनीसँग ऐक्यबद्ध भएर उभिनु हामी नेपाली नागरिक हुनुको कर्तव्य पनि हो भन्ने हाम्रो मान्यता छ।

हाम्रो विरोध प्रदर्शन हाम्रो गहिरो निराशाको प्रतिबिम्ब हो तर हाम्रो आवाजमा हामीले नेपाल सरकारलाई आफ्नो कार्यसम्पादनमा सुधार गर्न आह्वान गर्न सक्छौँ भन्ने आशा पनि निहित छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ