arrow

विदेशी विद्यार्थीलाई स्वदेश पठाउँदै अमेरिका

logo
एजेन्सी,
प्रकाशित २०७७ असार २३ मंगलबार
USA-flag.png

काठमाडौं। अमेरिकाले पूर्णरुपमा अनलाइनबाट कक्षा हुने विश्वविद्यालयका विद्यार्थीहरुलाई आफ्नै देश पठाउने भएको छ। अमेरिकि आप्रवासन एजेन्सी (युएस इमिग्रिेसन एण्ड कस्टम एजेन्सी)ले यस्ता विद्यर्थीहरुको भिसा फिर्ता लिने बीबीसीले जनाएको छ।

आप्रवास एजेन्सीले विद्यार्थीहरुलाई नियमविपरित अमेरिकामै बसेको पाइयो भने पनि फेरि फिर्ता पठाउने बताएको छ। कोरोना भाइरसको माहामारीसँगै अमेरिकाका थुप्रै ठूला विश्वविद्यालयले अनलाईन कक्षा सुरु गरेको थियो। अमेरिकाको यो निणर्यले कति संख्यामा विद्यार्थीहरुलाई असर गर्छ भन्ने थाहा हुन सकेको छैन्।

अमेरिकाको हार्वर्डविश्वविद्यालयले समेत अनलाईन कक्षा सुरु गर्ने घोषणा गरेको थियो। अमेरिकाको यो निर्णयले अब ठूलो संख्यामा विद्यार्थीहरुलाई असर गर्ने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ