arrow

चीनले हङकङमा सुरक्षा कार्यालय खोल्यो

logo
एजेन्सी,
प्रकाशित २०७७ असार २४ बुधबार
hongkong-security-office.jpg

काठमाडौं। चीनले हङकङमा नयाँ सुरक्षा कार्यालय खोलेको छ। चीनको मुख्य कार्यालयका अधिकारीहरुलाई हङकङमा ल्याइएको छ। सेक्युरेटि लका नाममा हङकङको स्वतन्त्रतामाथि हात फैलाएको चिनियाँ कदमको विश्वव्यापी निन्दा भइरहेका बेला चीनले हङकङमा सुरक्षा कार्यालय नै खोलिदिएको छ।

नयाँ सुरक्षा कानुनले हङकङमा खतरा उत्पन्न गरेको छ। तर, चिनियाँ अधिकारीले भने यसले त्यहाँ हिंसात्मक गतिविधि हुनबाट रोक्ने बताउँदै आएको छ।
प्रजातान्त्रिक प्रदर्शनको मुख्य केन्द्रका रुपमा रहेको कजवे बेको एक होटेलमा अहिले अस्थाइ रुपमा कार्यालय राखिएको छ। मुख्य कार्यकारी क्यारी लामको उपस्थितीमा बुधबार कार्यलयको औपचारिक उद्घाटन भएको छ।

कार्यालयको बाहिर चीनको झण्डा राखिएको छ। चीनबाट आएका एजेन्टहरुले अब हङकङका मानिसहरुमाथि चाहेअनुसारको तरिकाले अनुसन्धान गर्नसक्ने छ भने चिनियाँ भुमिमा समेत पठाउन सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ