arrow

भारतमा कोरोना संक्रमण उच्च बिन्दूमा, निको हुने अहिलेसम्मकै बढी

logo
प्रकाशित २०७७ असार २५ बिहिबार
corona-india-gym.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण उच्च बिन्दूमा पुगेको छ । पछिल्लो २४ घण्टामा २५ हजार ५५९ जना संक्रमित थपिएका छन् । कुल संक्रमित ७ लाख ६९ हजार ५२ पुगेका छन् । 

मृतक ४९१ जना थपिएका छन् । कुल मृतक २१ हजार १४४ पुगेका छन् । निको हुने अहिलेसम्मकै बढी पछिल्लो २४ घण्टामा १९ हजार ५०९ पुगेका छन् । 

हालसम्म ४ लाख ७६ हजार ५५९ जनालाई निको भएको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा ६ हजार ६०३ नयाँ संक्रमित थपिएर २ लाख २३ हजार ७२४ पुगेका छन् । मृतक १९८ थपिएर ९ हजार ४४८ पुगेका छन् । 

तमिलनाडुमा ३ हजार ७५६ संक्रमित थपिएका छन् भने मृतक ६४ थपिएका छन् । दिल्लीमा २ हजार ३३ संक्रमित थपिएका छकन् भने मृतक ४८ थपिएका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ