arrow

अमेरिकामा तोडियो कोरोना भाइरस संक्रमितको संख्या, स्थिति भयावह

विद्यालयसमेत खोल्ने तयारी

logo
प्रकाशित २०७७ असार २५ बिहिबार
corona-virus-patient.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी देखिएका छन् । 

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार मंगलबार अहिलेसम्मकै रेकर्ड तोडिएको हो । जुलाई २ मा ५५ हजार २२० जना संक्रमित भएकामा मंगलबार जुलाई ८ मा ६१ हजार ८४८ जना संक्रमित थपिएका छन् । 

अहिलेसम्म संक्रमितको संख्या ३१ लाख ५८ हजार ९३२ पुगेको छ । मृतक मंगलबार ८९० पुगेका छन् । कुल मृतक १ लाख ३४ हजार ८६२ पुगेका छन् । 

निको हुनेको संख्या १३ लाख ९२ हजार ६७९ रहेको छ । 

जिस्किरहेछ अमेरिका
अमेरिकामा संक्रमण निकै उच्च गतिमा पुगेको भए पनि ह्वाइट हाउसले फेरि बजार खोल्ने निर्णय गरेको छ । त्यस अन्तर्गत विद्यालयसमेत पर्ने ह्वाइट हाउसले बताएको छ । 

ह्वाइट हाउस कोरोना भाइरस टास्कफोर्सको नेतृत्व गरिरहेका अमेरिकी उपराष्ट्रपति माइक पेन्सले चुनौती रहे पनि विद्यालयहरुसमेत खोल्ने तयारी भएको बताएका छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि महामारीमा समेत अमेरिका राम्रो स्थानका रुपमा रहेको उल्लेख गरेका छन् । 

पछिल्लो समय क्यालिफोर्निया र टेक्सासमा दैनिक १० हजार भन्दा बढी संक्रमित थपिँदै गएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ