arrow

आइभरी कोस्टका प्रधानमन्त्रीको मृत्यु, यसरी ढलेका थिए मन्त्रीपरिषद बैठकमै

logo
प्रकाशित २०७७ असार २५ बिहिबार
amadou-gon-ivory-coast-pm.jpg

काठमाडौं । आइभरी कोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको मृत्यु भएको छ । 

उनको ६१ बर्षको निधन भएको हो । बीबीसीले लेखे अनुसार उनी मन्त्रीपरिषद् बैठकमै ढलेका थिए । 

मन्त्रीपरिषद् बैठकको क्रममा एक्कासी छाती दुखेका उनको बैठक लगत्तै मृत्यु भएको हो । 

उनलाई तत्काल अस्पताल लगिए पनि अस्पतालले मृत घोषित गरेको हो । 

कोलाबाली फ्रान्समा दुई महिना लगाएर मुटुको उपचार गरी हालै स्वदेश फर्केका थिए । कोलाबालीलाई सत्तारुढ पार्टीले आउँदो अक्टोबरमा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार बनाउने घोषणा गरेको थियो ।

उनी लगातार दोस्रो पटक प्रधानमन्त्री भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ