arrow

टर्कीका शहरमा प्रहरीको छापा, आइएसका लडाकू पक्राउ

logo
सिन्ह्वा,
प्रकाशित २०७७ असार २५ बिहिबार
turkey-syria-attack.jpg

इस्तानबुल । टर्कीको प्रहरीले इस्लामिक स्टेट (आइएस) विद्रोही समूहसँग आबद्ध रहेको आशंकामा १० जना विदेशी नागरिकलाई प्रक्राउ गरेको छ । 

इस्तानबुलको प्रहरीको प्रतिआतंकवादी इकाईले शहरका विभिन्न १४ ठाउँमा छापा मारेर ती शंकास्पद व्यक्ति पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिले सामाजिक संजालबाट इस्लामिक स्टेटका बारेमा संगठनात्मक जानकारीहरु प्रवाह गरेका थिए ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरुका साथबाट पिस्तोल र वायरलेस संचार साधन पनि बरामद गरेको जनाएको छ । प्रहरीले पछिल्ला दिनहरुमा इस्तानबुलमा इस्लामिक स्टेटका लडाकू लुकेर बसेका सम्भावित ठाउँमा निरन्तर छापा मारिरहेको छ । 

गत साता विदेशी सहित १७ जना शंकास्पद व्यक्ति गिरफ्तार भएका थिए । यी व्यक्तिको आइएस समूहसँग आबद्धता रहेको आशंका गरिएको थियो । टर्कीमा केही वर्षदेखि भइरहेका घातक आक्रमणमा आइएस समूहको संलग्नता रहेको पुष्टि भएका थिए । यी घटनामा ३०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ