arrow

कोरोना प्रभावले धरासायी वन्दै ठुला लगानीका ९ सयभन्दा वढी उद्योग

logo
नारायण वली,
प्रकाशित २०७७ असार ३१ बुधबार
industry2.jpg

रुपन्देही । कोरोना भाइरस (कोभिड–१९) का कारण प्रदेश–५ का उद्योगहरुमा नराम्रो असर परेको पाईएको छ । कोरोना महामारीका कारण नेपालको औद्योगिक तथा व्यवसायिक क्षेत्र धरासायी बन्दै गएको देखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लामो समय देखि गरिएको लकडाउनले प्रदेश नं ५ का करिव ९ सय भन्दा वढी उद्योगहरु धरासायी वन्दै गएको यहाँका उद्योगी व्यवसायीहरुले वताएका छन् । 

प्रदेशका निर्माण, पर्यटन, होटल, कृषि तथा वनजन्य र सञ्चार उद्योगहरु धरासायी बन्दै गएको पाईएको हो । लकडाउनका कारण प्रदेश– ५ को अस्थायी मुकाम रुपन्देही सहित अन्य जिल्लाहरुमा स्थापित उद्योग धन्दाहरु प्रभावित वन्न पुगेको प्रदेश वस्तु स्थिती विवरणले तयार गरेको तथ्याङ्कमा उल्लेख छ । 

प्रदेश सरकारको प्रदेश वस्तु स्थिति विवरणमा प्रदेशमा ९ सय भन्दा बढी उद्योगहरु रहेको जनाईएको छ । तीमध्ये १ सय ७८ वटा विदेशी, र स्वदेशी लगानीमा १ सय १० वटा साना, ३९ वटा मझौला र २९ ठूला उद्योगहरु सञ्चालनमा रहेको पारिएको छ । 

यस्तै प्रदेशमा सबैभन्दा धेरै ठूलो लगानीमा सञ्चालनमा आएका रुपन्देहीमा ३ सय २०, बाँकेमा १ सय ८५, कपिलवस्तुमा १ सय १०, दाङमा ७८, बर्दियामा ६५, नवलपरासीमा ५३, अर्घाखाँचीमा २२, गुल्मीमा ८ वटा प्युठानमा ३ रुकुम पूर्वमा २ र सवैभन्दा न्युन रोल्पामा १ एउटा मात्रै उद्योग सञ्चालनमा रहेको प्रदेश योजना आयोगकी सदस्य पुष्पा भुसालले जनाएकी छिन् ।

जसमा अर्बौ रुपैयाँको लगानी रहेका उद्योगहरु हाल कोरोना भाईरसका कारण गरिएको लडकडाउनले गर्दा स्थिती निकै दयनिय वन्न पुगेको रुपन्देही उद्योग संघका अध्यक्ष वावुराम वोहोराले वताएका छन् । 

अध्यक्ष वोहोराले हाम्रा कुरा डटकम संगको कुराकानीमा भने, लामो समय देखिको लकडाउनले लगानी डुब्ने निश्चित देखिएको अवस्थामा यता वैंकको कर्जाले उद्योगीहरुलाई अझ पिडित वनाएको गुनासो गर्दै राज्यले कोरोना भाईरसका कारण मारमा परेका उद्योगहरुको उत्थानको लागि पुन. कर्जा तथा मौद्रिक निति नल्याउँदा उद्योगहरु वन्द हुने अवस्थामा जाने वताए ।

उनले थपे, यदी राज्यले धरासायी वन्दै गरेका उद्योगहरुको उत्थानको लागि नसोच्ने हो भने, राज्यले पनि ठुलो राजस्व गुमाउन पुग्ने, उद्योगीहरुले घर जग्गा गुमाउने र धेरै श्रमिकहरुले श्रम गुमाउन पुग्दा राज्यलाई नै ठुलो असर पुग्ने तर्फ सरकारले ध्यान दिनुपर्ने जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ