arrow

हुवावे के हो ? किन विश्वले गरिरहेछ प्रतिबन्ध ?

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १ बिहिबार
huawei-tower.jpg

काठमाडौं। अमेरिकाले हुवावेमाथि प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध अनुसार कुनै पनि अमेरिकि टेलिकम कम्पनीहरुले हुवावेसँग व्यापार गर्न पाउने छैनन्। त्यस्तै अष्ट्रेलिया, न्युजिल्याण्डपनि अमेरिकाको कुरामा सहमत रहेका छन्। यी देशहरुले ५ जी सम्बन्धी हुवावेका कुनै पनि उपकरणहरु प्रयोग गर्दैनन्।

बेलायतले मंगलबारमात्रै डिसेम्बरबाट हुवावेका उपकरणहरु आयात नगर्ने र सन् २०२७ सम्ममा बेलायतबाटै हुवावेलाई निष्कासन गर्ने निर्णय गरेको छ। भारतको उच्च समितिको बैठकले पनि हुवावेका उपकरणहरु आयातमा भारतीय दुरसञ्चार सेवा प्रदायकलाई रोक लगाउने तयारी गरेको छ। आखिर किन हुवावे विश्वका लागि घातक बन्यो त, यो प्रश्न उठ्नु स्वभाविक हो।

के हो हुवावे ? मोबाइल मात्रै हो ?
सन् १९८७ मा स्थापना भएको हुवावे चिनियाँ बहुराष्ट्रिय टेक्नोलोजि कम्पनी हो। यसले प्रविधिका क्षेत्रमा प्रयोग हुने उपकरणहरु र इलेक्ट्रोनिक समानहरु जस्तो स्मार्टफोनको उत्पादन गरेर बेच्ने गर्छ। अहिले हुवावे विश्वकै दोस्रो ठूलो स्मार्टफोन निमार्ता कम्पनीका रुपमा स्थापित भएको छ। पहिलो नम्बरमा सामसुङ रहेको छ। हुवावेले विश्व बजारको १८ प्रतिशत हिस्स ओगेटेको छ।

किन शक्तिशाली मूलुकहरु हुवावेदेखि चिन्तित छन् ?
हुवावेमाथि पश्चिमाहरुले विश्वास गरेका छैनन्। हुवावेलाई सञ्चारसम्बन्धी उपकरणको जिम्मा दिनु अथवा हामीले प्रयोग गरिरहेको स्मार्ट फोनबाट समेत सुरक्षा खतरा रहने डर रहेको छ।

हुवावेका ५ जीसम्बन्धी उपकरणहरुका माध्यमबाट चीनले विश्वभर जासुसी गर्न सक्ने अमेरिकाको आरोप छ। यो आरोपको प्रमाणित गर्नसक्ने प्रमाण के पनि छ भने, हुवावेका संस्थापक रेन जेनफेन्ग पिपुल्स लिबरेशन आर्मीका पूर्व विभागीय प्रमुख पनि हुन्। उनले ९ वर्षका लागि आर्मीमा सेवा गरेका थिए। यसबाहेक उनी चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य समेत हुन्।

५ जीबाट कसरी जासुसी ?
थुप्रै मूलुकहरु ४जीबाट अझैं एडभान्स मोबाइल नेटवर्क ५जीमा विस्थापन हुन चाहिरहेका छन्। हालको इन्टरनेटभन्दा १० गुणाबढी क्षमता हुने ५जीले हाम्रा हरेक पक्षमा पक्कै पनि परिवर्तन त गर्ने नै छ।

यस्तो अत्याधुनिक प्रविधिको मूख्य पाटो (मुटु) को जिम्मा नै हुवावेलाई दिदा भविष्यका साना विवादहरुमा हुवावेले यसको फाइदा लिने डर हो। निकट भविष्यसमै सेल्फ ड्राइभिंग कार, डिजिटल होमदेखि आगलागीको जानकारी दिने अर्लामसम्मका कुराहरु ५जी मै आधारित हुनेछन्। यसो हुँदा ५ जी विश्वको एक अभिन्न अंग बन्ने छ र जसमा भएको सानो गल्तीले भयानक दुर्घटना हुनसक्नेछन्।

नेटवर्किंग सञ्जाल ३ किसिमको हुन्छ। एक मूख्यभित्रि कोर भाग। जहाँबाट एक अर्का व्यक्तिबीच फोन सम्पर्क गराइन्छ र अर्को बाहिरी जहाँबाट एक अर्को टावरसँग सम्पर्क गराइन्छ। हुवावेले बेलायतमा मुख्य कोर भागको जिम्मा पाएको हो। त्यसो हुँदा बेलायतमा ५ जी नेटवर्कमा फोनसम्पर्क गर्नेहरुको फोन रेकर्डलाई हुवावेले जे पनि गर्नसक्नेछ।

चिनियाँ केन्द्रबाट प्रायेजित ह्याकरहरुले ५जीको प्रयोग भएका क्षेत्रमा जस्तोसुकै साइबर आक्रमण गर्न सक्नेछन् भन्ने चिन्ता समेत रहेको छ। यद्यपि बेलायतबाट हुवावेको निष्कासनले त्यहाँ ५जी सञ्चालनका लागि कम्तिमा १ वर्ष ढिलाई हुने डिजिटल मामिलाका मन्त्रीले बताएका छन्।

हुवावेले कसरी जासुसी गर्छ  ?
चीनले सन् २०१७ मा राष्ट्रिय खुफिया कानुन ल्याएको थियो। उक्त कानुनले के भन्छ भने, ‘राष्ट्रिय खुफियासम्बन्धी काममा साथ र सहयोग गर्नुपर्ने छ’ अर्थात कि बेइजिङले हुवावेलाई जुनसुकै किसिमको काम गर्नका लागि बाध्य पार्नसक्ने छ।

यद्यपि हुवावेले आफु त्यो निर्देशनको पालना नगर्ने बताउँदै आएको छ। कुनै पनि देश, संस्था, संगठन र व्यक्तिगत सुरक्षामा आँच आउने किसिमको निर्देशनको अवज्ञा गर्ने हुवावेको भनाइ छ।

बेलायतले यस्तै किसिमको हुवावेको साइबर सुरक्षाको मूल्यांकनका लागि केन्द्रको स्थापना गरेको छ। सन् २०१९ को मार्चमा उक्त केन्द्रले गरेको अनुसन्धानमा हुवावेको सफ्टवयर इन्जिनियरिंग र साइबर सुरक्षामा गम्भिर त्रुटि फेला पारेको थियो।

हुवावेलाई हटाए ५ जी कस्ले जडान गर्छ ?
बेलायतमा अब अमेरिकि कम्पनी सिस्को, जुनिपर नेटवर्क र क्वालाकमको उपकरणहरु आयात हुनेछन्। त्यस्तै युरोपमै पनि ५जी उपकरणहरु उत्पादन गर्ने कम्पनीहरु रहेका छन्।

स्विडेनको एरिक्सन र फिन्ल्याण्डको नोकियाले ५ जी उपकरणहरु उत्पादन गर्नेछ। नोकियाले हुवावेलाई विस्थापन गरेर आफुले सोही गतिमा ५जी विस्थापन गर्नसक्ने बताएको छ। यद्यपि बेलायत सरकारले दुईतीन ओटा कम्पनीको उपकरणहरु प्रयोग गर्ने र टेलिकम सुरक्षाका हकमा नयाँ कानुन ल्याउने बताएको छ।

हुवावे मोबाइल कति सुरक्षित ?
हुवावे मोबाइलबाट पनि कम्पनीले चीनलाई डाटा पठाउन त सक्छ। तर, यस्तो डर खासै हुँदैन। जसरी गुगलको पिक्सल मोबाइलबाट गुगलले पनि अमेरिकालाई डाटा दिन सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ