arrow

रविमा इलाका प्रशासन कार्यालय स्थापना, १० गाविसका स्थानियवासी लाभान्वित हुने

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ जेठ १ शनिबार
Panchthar-hamrakura.jpg.jpeg
पाँचथर । जिल्लाको दक्षिणी भेग रविमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । कार्यालयको उद्घाटन जेठ २ आइतबार गते गरिने भएको छ । कार्यालयको प्रमुखमा जिल्ला प्रशासन कार्यालयका नायव सुव्वा रेणु ओझालाई कायममुकाम अधिकृतको जीम्मेवारी दिएर खटाइएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले बताए ।
 
कार्यालयमा १ अधिकृत,१ जना नायव सुव्वा,१ खरिदार,१ जना सहायक लेखापाल र २ जना कार्यालय सहयोगी राखिनेछ । कार्यालयमा खरिदार सुरेन्द्र भण्डारीलाई खटाइने प्रजिअ घिमिरेले बताए  । नायव सुव्वाको तत्काल टुंगो लागेको छैन ।
 
सहायक लेखापाल भने लोकसेवा आयोगमा माग गरिएको घिमिरेको भनाई छ । कार्यालयबाट नागरिकता,राहदानीको सिफारिस,नावालक परिचय–पत्र,ठाडो उजुरी,बजार अनुगमन,संघसंस्था नविकरण लगायतका काम गरिनेछ । इलाका प्रशासन कार्यालय स्थापना गरी सेवा प्रवाह गरिने भएपछि त्यस क्षेत्रका १० गा.वि.स.का सेवाग्राही खुसी भएका छन् ।
 
दुर्दिम्बा–४ का रोशन मोक्तानले डेढ दिन लगाएर सदरमुकाम फिदिम आएर नागरिकता बनाएर जाँदा कम्तिमा ५ हजार खर्च हुने गरेको तर रविबाटै सो काम हुने भएपछि निक्कै खुसी भएको सुनाए । रविमा दुर्दिम्बाबाट आउन पैदलबाट ६ घण्टा लाग्ने गरेको छ ।
 
आङना–५ ढुकुरेका अर्जुन दाहालले सदरमुकामदेखि निक्कै दुरका गा.वि.स.का सेवाग्रीहरुलाई लक्षित गरेर रविमा इलाका प्रशासन कार्यालय स्थापना गर्नु सुखःद पक्ष रहेको बताएका छन् ।
 
 कार्यालयबाट प्रशासनिक काम हुन थालेपछि सेवाग्राहीलाई सहुलियत हुने उल्लेख गरेका छन् । प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेका अनुसार इलाका प्रहरी कार्यालय रविमा रवि सहित,कुरुम्बा,लिम्बा,दुरर्दिम्बा,सराङडाँडा,आरुबोटे,वलने,हाङ्गुम,आङना र मौवाका सेवाग्राहीले सेवा लिन सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ