arrow

सद्भावपूर्ण रुपले मनाईयो छठ

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
364768303.jpeg
खगेन्द्र कार्की, इटहरी । पूर्वाञ्चलको मुटु हरित नगरी इटहरीको बुढीगंगा मुक्तिघाटमा एक भव्य र सभ्य कार्यक्रमका बीच सामाजिक सद्भावमय छठ मनाउन उपस्थित श्रद्धालु हजारौं भक्तजनहरुलाई अभिप्रेरित र उत्साहित गरिएको छ ।

अनेकतामा एकता कायम गर्दै मिथिलाञ्चलबाट मैथिलीहरुले मनाउने छठ अब नेपाली पर्वका रुपमा रुपान्तरित भईसकेको उदाहरण बुढीगंगामा छठ पर्व सेवा समितिद्वारा आयोजित कार्यक्रममा उपस्थित २० हजार भन्दा माथिको मिश्रित भक्तजनहरुको भिडले प्रष्ट देखाएको वक्ताहरुले बताए । हिंसात्मक मधेस होइन, हिमाल, पहाड र तराईका बासिन्दाबीचको सदियौदेखिको भाईचारा र भातृत्व, एकता, स्वाभिमानी नेपालीको थाकथलो रुपमा निरन्तर रहनुपछ भन्दै यस छट पर्वले सम्बद्ध सबैमा शान्त र समृद्ध नेपालका निम्ति सकारात्मक सोचको विकास गर्ने सत्बुद्धि छठले प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

प्रमुख अतिथि भुमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बा तथा विशेष अतिथि सभासद् रेवतीरमण भण्डारी रहेको सो कार्यक्रमलाई समितिका अध्यक्ष राजु रायले सभापतित्व ग्रहण गरेका थिए । नेपाली कांग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेल, इटहरी उपमहानगरपालिका नगरपिता महेशराज तिम्सिना, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाई, राप्रपा नेपाल इटहरी अध्यक्ष रामप्रसाद पोखरेल, नेकपा माओवादीका उपेन्द्र घिमिरे, राजा क्लब इटहरीका अध्यक्ष ईश्वरी पराजुली, छैठ पर्व सेवा समिति इटहरीका संरक्षक हिरा महतो, सल्लाहकार श्रीनारायण साह, ज्योति कोइराला, श्रीकान्त चौधरी, दिवस पोखरेल, विभिन्न पार्टी सम्बद्ध व्यक्तिहरु, आयोजक समितिका संरक्षक, सल्लाहकार, पूर्व पदाधिकारी, सुरक्षा निकायका प्रमुखहरु, मिडियाकर्मीलगायत विभिन्न संघसंस्थाका पदाधिकारी र इटहरी नगर क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । 

सम्मानित वरिष्ठ पत्रकार याम प्रधान, समिति संरक्षक हिरा महतोलाई सम्मान तथा प्रमुख अतिथि मन्त्री सुब्बालाई अभिनन्दन पत्रले सम्मान गरेको सो कार्यक्रमलाई ज्योति कोइरालाले स्वागत मन्तव्य राखेका थिए । अस्ताउन लागेको सुर्यलाई अर्घ अर्पण गर्दै प्रमुख अतिथिको हातबाट पानसमा बत्ति बालेर उद्घाटन गरिएको सो कार्यक्रममा राष्ट्रिय गानमा नृत्य प्रस्तुत गरिएको थियो भने आयोजिक समितिका सल्लाहरका दिवस पोखरेलद्वारा राष्ट्रिय गित गाईएको थियो । सो कार्यक्रमको अन्तमा सम्पूर्ण ड्यासमा उपस्थित व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गर्दै विधिवत रुपमा कार्यक्रमको समापन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ