arrow

भन्सार पास गराउन व्यापारीलाई भ्याईनभ्याई

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1899482923.jpeg
मनप्रसाद गैह्रे, कपिलवस्तु । लामो समयको बन्दपछि कपिलवस्तुका ४ बटै भन्सार नाका नियमित रुपमा सञ्चालनमा आएका छन् । भन्सार सञ्चालनमा आएसंगै विगत लामो समय थन्कीएका सामान भन्सार पास गराउन यतिवेला व्यापारीलाइ भ्याइनभ्याइ भएको छ । 

कपिलवस्तुको मुख्य भन्सार कार्यालय कृष्णनगर, सहित मर्जादपुर, खुनुवा, चाकरचौडा लगायतका ४ बटै भन्सार कार्यालय सन्चालन भएसंगै दैनिक ३५ लाख राजश्व संकलन हुने भन्सार कार्यालयमा ६५ देखी ७० लाखसम्म राजश्व संकलन भएको छ । भारतका विभिन्न ठाउंबाट सामान लिएर आएका मालबाहक गाडी कृष्णनगर भन्सार नाकामा मात्र दैनिक ७० देखी ८० को संख्यामा  भित्रेकाले भन्सार लक्ष्य समेत सजिलै पुग्ने भन्सार प्रमुख अधिकृत धु्रव विश्वकर्माले बताए ।

सिमांकन लगायत विषयमा असहमती जनाउंदै संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले विगत ढाईमहिना देखी गरेको आन्दोलनका कारण भन्सार कार्यालय अवरुद्ध थियो । भारतका विभिन्न ठाउं हुंदै यी नाकाबाट नेपालमा खाद्यान्न, लत्ताकपडा, फलफुल, विद्युतिय सामान, क्लीकंर, खसीबोका लगायत दैनिक २ सय बढि मालबाहक जिप, ट्क, भ्यान लगायतका मालबाहक गाडी आउने गर्दछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ