arrow

धारा र ट्यूवेल सुकेपछि गाईघाटमा खानेपानीको चरम अभाव

logo
गोपाल पोखरेल,
प्रकाशित २०७३ जेठ २ आइतबार
khanepani-photo.jpg.jpeg
पुरानो गाईघाट (उदयपुर) । लामो खडेरीका कारण धारा र ट्यूबेल ( हाते कल)मा पानी आउन छाडेपछि उदयपुर सदरमुकाम गाईघाट तथा तराइका दर्जन गाविसमा खानेपानीको अभाव भएको छ । भू सतहको पानीको तह घट्नुका साथै खानेपानी आयोजना संचालन भएका खोलाको मुहान सुकेपछि खानेपानीको चरम अभाव सुरु भएको हो ।
 
  “गाउँका अधिकांस ट्यूवेलमा पानी आउन छाडेपछि खानेपानीको समस्या बढेर गएको छ ” त्रियुगा नगरपालिका ३ का नवराज ढकालले भने,“ जमिनमा पानीको तह घटेर गएकाले अधिकांसका हातेकल सुकेका छन् ।” गाउँका एक दुई ओटा बाहेक सबै घरका कल सुकेकाले खानेपानीको समस्या बिकराल बन्दै गएको उनले बताए ।
 
“गाईघाट बजारका अधिकांस कल सुके ” स्थानीय शुरेश बिष्टले भने,“ खानेपानी आयोजनाका समेत मुहान सुकेपछि खानेपानीको हाहाकार हुन थालेको छ ।”  बजारमा खानेपानीको आपूर्ति साह्रै असहज भएको उनको भनाई छ ।अहिले स्थानीयले गाउँका एक दुई ओटा कलमा आउने पानीले खानेपानीको समस्या धान्दै आएका छन् । सदरमुकाम गाईघाट बाहेक त्रियुगा नगरक्षेत्र र जोगीदह, हडिया, बेल्टार, बसाहा, सुन्दरपुर, तपेश्वरी, रामपुरलगायतका गाविसमा खानेपानीको अभाव सृजना भएको छ । 
 
“आयोजनाका मुहान सुके ” रामपुर गाविसका सुशील सेढाई भन्छन्,“ जमिन मुनीको पानीको लेयर( तह) घटेकाले ट्यूवेलबाट पनि पानी आउँदैन ।” गाउँमा खानेपानीको हाहाकार हुँदै गएको उनले बताए ।“ खानेपानी योजनाको पानी आउन छोडेको करिव महिना दिन भयो” उपभोक्ता गोमा घिमिरेले भनिन्, “धारामा पानी आउन छाडेपछि खोलाबाट डोकोमा बोकेर पानी ल्याउनुपर्छ ।” आधा घण्टाको बाटो हिँडेर डोकोमा बोकेर ल्याएको दुषित पानी खानु परेको उनले वताइन् । 
 
धारा र कलमा पानी नआउँदा अहिले त्रियुगा नगरपालिकाकै लक्ष्मीपुर, भुसुने, पर्ताहा, असारी, डा“डाटोल, बहेड्वा, ढिकटोल, भातिखर्कलगायतका गाउ“मा खानेपानीको चरम अभाव छ । बिगतका बर्षमा सधैं पानी बगिरहने गाईघाट बजार नजिकका त्रियुगा र बरुवा खोला पूर्णतया सुकेका छन् । सधैं पानी बग्ने खोलाहरु पूर्णरुपमा सुकेपछि पशुपालन गर्ने किसानहरुलाई थप संकट परेको छ ।
 
“गाईगोरुलाई समेत पानी खुवाउन मुस्किल परेको छ ” त्रियुगा नगरपालिका ४ असारीका केदार थापाले भने,“ खोलाको पानी ल्याउनसमेत पालो कुर्नु पर्ने अबस्था आएको छ ।” बिगतको तुलनामा यस बर्ष गर्मी समेत बढेर गएकाले लामो खडेरी पर्न सक्ने र खानेपानीको अझ हाहाकार हुने सम्भावना रहेको थापाले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ