arrow

बिषालु च्याउ खाएका जाजरकोट कुशे गाउँपालिकाका ४ जनाको मृत्यु

logo
जनक सिंह,
प्रकाशित २०७७ साउन १३ मंगलबार
death-body-mushrom-jajarkot.jpg

जाजरकोट। जंगली बिषालु च्याउ खाएर गंभिर विरामी परेका जाजरकोट कुशे गाउँपालिका १, स्याँक्रीका तीन जनाको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको छ । सोमवार गाँउमै एक जना बालिकाको मृत्यु भएको थियो यो सँगै बिषालु च्याउ खाएर मृत्यु हुनेको संख्या चार पुगेको छ । गत साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याई पकाएर खाएका टेकबहादुर चलाउने सहित परिवारका ८ जना विरामी परेका थिए । 

कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारको क्रममा टेकबहादुर चलाउनेकी १५ बर्षिया छोरी औसरा, १२ बर्षिया छोरी धनसरा र मामाघर आएकि ११ बर्षिय निरुता सिंहको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले बताए । चलाउनेकी ३ बर्षीया छोरी अञ्जनाको सोमवार गाँउमै मृत्यु भएको थियो । विषालु च्याउ खाएर गंभिर विरामी भएका सात जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि सोमवार नै सुर्खेत लगिएको थियो ।

विरामी परेका एक जनाको अवस्था गंभिर रहेको र तीन जनाको अवस्था सामान्य रहेको डा. पौडेलले बताए । 'ढिलो गरि अस्पताल ल्याएको हुँदा च्याउको विषले धेरै असर गरिसकेकोले जति कोसिस गर्दा पनि बचाउन सकिएन', डा. पौडेलले भने, 'विषले शरीर विषाक्त बनाईसकेको थियो ।' स्थानिय जनक चलाउनेको छोरी अनुजा चलाउनेको स्थानिय स्वास्थ्य संस्थामा उपचारका गर्दैगर्दा मृत्यु भएको हो । 

घरमुली ४९ बर्षीय टेकबहादुर चलाउने, २३ बर्षीय छोरा ललित चलाउने, ३८ बर्षीय बुहारी कल्पना चलाउने, १५ बर्षीय पशुपति चलाउनेको सुर्खेतमै उपचार भइरहेको छ । गाँउपालिकाले निजी खर्चमा हेलिकोप्टर चार्टर गरेर विरामीको उद्धार गरेर सुर्खेत पुर्याएको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ