arrow

स्वास्थ्य सामग्री अनियमितताको सत्यतथ्य छानबिन, दोषीलाई कारवाहीको माग

logo
प्रकाशित २०७७ साउन १६ शुक्रबार
prakash-sharan.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले कोरोना भाइरस संक्रमण महामारीको अवस्थामा औषधिको सहज उपलब्धता, समस्या र समाधानका विकल्प बारेमा नेपाल औषधि थोक व्यवसायी संघसँग छलफल गरेको छ । 

संघको आयोजना एवं व्यवस्थापनमा समितिको टोलीले हालको महामारीको अवस्थामा अत्यावश्यक औषधिको उपलब्धता र जनताको सहज पँहुचका सवालमा भएको बस्तुगत अवस्थाका बारेमा छलफल गरेको हो । छलफलमा सहभागीले महामारीका समयमा अत्यावश्यक औषधिको खरिद, व्यवस्थापनमा देखिएको  उदासिनता र अनियमिततातर्फ सबैले खबरदारी गर्नुपर्ने बिषयमा जोड दिएका थिए । 

कार्यक्रममा समिति संयोजक एवं सहमहामन्त्री डा महतले स्वास्थ्य सामग्रीमा भएको अनियमितताको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाहीको माग गरे । उनले जनताले महामारीको रोकथाम र उपचारमा समस्या भोग्न बाध्य भएको बताउँदै  सरकारलाई खबरदारी गर्न अपिल गरे । 

कार्यक्रममा समितिका सदस्य एनपी साउद, डा प्रभु बुढाथोकी र नेपाल औषधि थोक व्यावसायी संघका पदाधिकारी एवं प्रतिनिधिको सहभागिता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ