arrow

२६ बोरा अबैध केराउ नियन्त्रणमा

logo
संजय कुशवाहा,
प्रकाशित २०७७ साउन १६ शुक्रबार
keraus.JPG

नवलपरासी । पश्चिम नवलपरासीको सिमाबाट १ लाख ३० हजार मूल्य बराबरको अबैध केराउ प्रहरीले नियन्त्रणमा लिएको छ । 

बिहिवार राति प्रतापपुर गाउँपालिका वडा न.४ र सरावल गाउँपालिका वडा न.६ को सिमा बर्गदवा चोक भन्दा दक्षिण स्थित दशगजामा  नेपालबाट भारततर्फ अबैधरुपमा लग्दै गरेको २६ बोरा केराउ (१३ क्विन्टल ) प्रहरी चौकी पचपेडाले  नियन्त्रणमा लिएको हो ।

उक्त नियन्त्रण गरिएको केराउ साइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि केराउ र साईकल फाली भागेका थिए ।

उक्त केराऊ र साईकल आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ