arrow

भारतमा एकैदिन सबैभन्दा बढी कोरोना संक्रमितलाई निको, लगातार तेस्रो दिन ५४ हजार बढी संक्रमित 

logo
प्रकाशित २०७७ साउन १८ आइतबार
corona-india1.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु निकै बढेका छन् । लगातार तेस्रो दिन ५४ हजार भन्दा बढी कोरोनाका संक्रमित फेला परेका छन् । शनिबार ५४ हजार ८६५ जना संक्रमित फेला परेका छन् । 

शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी भाइरसका संक्रमित फेला परेका  थिए । शुक्रबार ५७ हजार ४८६ जना नयाँ संक्रमित थपिएका हुन् । आइतबारसम्म निरन्तर ५० हजारको हाराहारीमा संक्रमित थपिँदै गइरहेकामा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका हुन् । 

बिहीबार ५४ हजार ७५० जना संक्रमित थपिएका थिए । बुधबार ५२ हजार २६३ जना संक्रमित भएका थिए । मंगलबार ४९ हजार ६३२ जना संक्रमित भएका थिए । सोमबार ४६ हजार ४८४ जनालाई संक्रमण भएको थियो ।

अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १७ लाख ५१ हजार ९१९ जना पुगेका छन् । मृतक ३७ हजार ४०३ पुगेका छन् । शनिबार ८५२ जनाको ज्यान गएको छ । यो अहिलेसम्मकै तेस्रो उच्च अंक हो । 

शुक्रबार ७६४  जनाको ज्यान गएको थियो । बिहीबार ७८३ जनाको ज्यान गएको थियो । बुधबार ७७५ जनाको ज्यान गएको थियो । मंगलबार ७७० जनाको ज्यान गएको थियो । 

हाल ५ लाख ६७ हजार २०५० जना सक्रिय संक्रमित रहेका छन् । शनिबार ५१ हजार २३२ जनालाई निको भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । गत बिहीबार त्यतिन्जेलको सबैभन्दा बढी ३७ हजार ४२५ जनालाई निको भएको थियो । 

हालसम्म ११ लाख ४६ हजार ८७९ जनालाई निको भइसकेको छ । 

शनिबार लगातार दोस्रो दिन भारतले ब्रजिललाई पनि उछिनेको छ । ब्रजिलमा ४२ हजार ५७८ जना संक्रमित भएका छन् । शुक्रबार ब्रजिलमा ५२ हजार ५०९ जना संक्रमित थपिएका थिए । 

समग्रमा ब्रजिल दोस्रो तथा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा ४७ लाख ६३ हजार ६०७ जना संक्रमित पुगेका छन् । मृतक १ लाख ५७ हजार ८७७ पुगेका छन् । ब्रजिलमा २७ लाख ८ हजार ८७६ संक्रमित पुगेका छन् । मृतक ९३ हजार ६१६ पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ