arrow

मोदीलाई पाकिस्तानी बहिनीले पठाइन् राखी

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १८ आइतबार
modi-rakhi.jpg

काठमाडौं। रक्षाबन्धनको पूर्वसन्ध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पाकिस्तानी बहिनी कमर मोहसिन सेखले राखी पठाएकी छिन्।

भारतीय सञ्चारमाध्यमसँग बोल्दै उनले भनिन्, “सुरक्षालाईको विषयलाई ध्या नमा राख्दै यस पटकको रक्षा बन्धनका लागि मैले कुरियर मार्फत राखी पठाए, दिर्घायुको कामना गर्दै भाइले सधैं यसरी नै काम गरुँन र म भगवानसँग यहीँ प्रार्थना गर्छु।”

उनले भनिन्, “मलाई आसा छ रक्षाबन्धनको दिन हामीबीच भिडियो कलमार्फत सम्पर्क हुनेछ।” उनले अघि भनिन्, “एक बहिनीले आफ्नो भाइको सुन्दर जीवनको कामना गर्छिन्, यो वर्ष कोरोना भाइरसको माहामारीका कारण २५ औं रक्षाबन्धनमा मैले आफ्नो हातबाट राखी बाँध्न पाइन।”

उनले प्रधानमन्त्री मोदीले महामारीको संकटलाई समेत राम्रो तरिकाले नियन्त्रण गरेको भन्दै यसै गरि संकटलाई नियन्त्रण गर्दै न्युनिकरणको कामना गरेकी छिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ