arrow

साउथ चाइना सीमा चीनले आफ्नो गतिविधि रोक्ने अष्ट्रेलियाको विश्वास

अर्बिटल अदालतको आदेश कार्यान्वयनमा जोड 

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १८ आइतबार
south-china-sea1.jpg

काठमाडौं। भारतका लागि चिनियाँ राजदुत सुन वेंदोंगको भनाईमा शुक्रवार प्रतिकृया दिँदै भारतका लागि अष्ट्रेलियाका उच्च आयुक्तले चीनले साउथ चाइना सीको विषयमा २०१६ को अर्बिट्रल अवार्डको पालना गर्ने आसा व्यक्त गरेका छन्।

उच्चआयुक्त बेरी ओ फेरलले चिनियाँ राजदुतलाई धन्यवाद दिँदै “आसा छ चीनले साउथ चाइना सीको विषयमा सन् २०१६ को अर्बिट्रल अवार्डको पालना गर्नेछ।” यद्यपि चिनियाँ राजदुत वेंदोंगले भने “साउथ चाइना सीमा चीनको दाबी अन्तराष्ट्रिय कानुन अनुरुप” रहेको दाबी गरेका छन्। चीनले दक्षिण चीन सागरको ठूलो भुभाग आफ्नो दाबी गर्दै त्यहाँ कृत्रिम आइसल्याण्डहरु एवं सुरक्षाका लागि सैन्य गतिविधिहरु गर्दै आएको छ।

चिनियाँ राजदुतको भनाईपछि एएनआईसँगको अन्तर्वार्तामा अष्ट्रेलियाका उच्च आयुक्तले भनेकाछन्, “दक्षिण चीन सागरमा चीनको दाबीलाई अष्ट्रेलियाले पूर्णरुपमा अस्विकार गर्छ।” गत हप्ता अष्ट्रेलियाले साउथ चाइना सीमा चीनको गतिविधिहरु एवं सामुन्द्रिक पानीमा चीनको दाबीलाई अस्विकार गर्ने भन्दै संयुक्त राष्ट्रसंघमा समेत एक पत्र पठाएको छ।

“सन् २०१६ को अर्बिट्रल ट्रिबुनल अनुसार अष्ट्रेलियाले साउथ चाइना सीमा चीनको दाबीलाई अस्विकार गर्छ।” अष्ट्रेलियाका उच्चायुक्त फेरलले भनेका छन्। सन् २०१३ मा फिलिपिन्सले दक्षिण चीन सागरमा चीनको कदमको विरोध गर्दै समुन्द्री कानुन अनुसार संयुक्त राष्ट्रसंघमा मुद्दा हालेको थियो। न्युजिल्याण्डमा रहेको अर्बिट्रल अदालतले सन् २०१६ मा उक्त मुद्दामाथि फिलिपिन्सको पक्षमा सुनुवाइ गरेको थियो। त्यसपछि चीनलाई साउथ चाइना सीमा आफ्नो अवैधानिक दाबीलाई रोक्न र त्यहाँ आफ्नो स्वार्थका लागि सैन्य गतिविधि र कृत्रिम आइसल्याण्ड बनाउन रोक लगाएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ