arrow

राजश्व असुलीमा ठूला करदाताले गर्यो कमाल

नौ अर्ब रूपैयाँ बढी असुली

logo
प्रकाशित २०७३ जेठ ४ मंगलबार
Ministry-Finance-hamrakura-3.jpg.jpeg
काठमाडौं । भूकम्प र नाकाबन्दीका बाबजूत पनि राज्यको आन्तरिक राजश्वले भने आफ्नो लक्ष्य अनुसारको राजश्व संकलन गर्ने निश्चत प्रायः देखिएको छ । आन्तरिक राजश्वको आधा भन्दा बढी हिस्सा बेहोरेको ठूला करदाताहरूबाट असुली गरिने राजश्वमा १० महिनाको कूल लक्ष्यको तुलनामा झण्डै नौ अर्ब रूपैयाँ बढी असुली गरेपछि राजश्व संकलनमा वार्षिक लक्ष्य पूरा हुने निश्चित भएको हो । 
 
ठूलाकरदाता कार्यालयका अनुसार बैशाख मसान्तसम्मको तथ्याङ्कको आधारमा राजश्वको वार्षिक लक्ष्य भेट्न सकिन्छ कि सकिँदैन भन्ने अनुमान सहजै गर्न सकिन्छ । अहिल्लो आर्थिक वर्षको यही समयमा लक्ष्यको भन्दा एक अर्ब कम असुली भएको भएपनि यो आर्थिक वर्षको पहिलो १० महिनामा लिएको लक्ष्यभन्दा १० अर्ब बढी असुली भएपछि यो आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजश्व संकलन हुने समेत निश्चित रहेको हो ।
 
आन्तरिक राजश्व विभाग अन्तर्गतको ठूलाकरदाता सेवा कार्यालयले वार्षिक ४० करोड भन्दा बढी कर तिर्ने कम्पनीबाट मात्रै कर असुली गर्ने गरेको छ । कार्यालयले यो आर्थिक वर्षमा एक खर्ब पाँच अबको हाराहारीमा कर असुली हुने लक्ष्य लिएको छ भने कार्यालयले पहिलो १० महिना भित्र ७६ अर्ब ९७ अर्ब करोड ९५ लाखको लक्ष्य लिएकोमा पहिलो १० महिना अर्थात् बैशाख मशान्तसम्म मात्रै ८६ अर्ब ६ करोड ४५ लाख रूपैयाँ राजश्व असुली गरिसकेको छ ।
 
अघिल्लो आर्थिक वर्षको यही अवधिका कार्यालयले लक्ष्य भन्दा झण्डै ३० करोड रूपैयाँ राजश्व कम असुली गरेको थियो । यही अबधिमा अघिल्लो वर्ष ६१ अर्ब ४९ करोड एक लाखको लक्ष्य लिएकोमा कार्यालयले ६१ अर्ब १८ लाख ६५ हजार रूपैयाँ मात्रै असुली गरेको थियो तर सो आर्थिक वर्षको १२ महिनामा ८० अर्ब ९ करोडको लक्ष्य लिएकोमा ८१ अर्ब २ करोड रूपैयाँ राजश्य असुली गरेको थियो । त्यसैले जेठ र असार महिनाको राजश्व संकलनहन बाँकी रहँदा अहिले सरकारको लक्ष्यपूरा हुन मात्रै २० अर्ब रूपैयाँ बाँकी रहेको छ । 
 
कसरी बढ्यो १० अर्ब बढी राजश्व ?
ठूला करदाता सेवा कार्यालयका प्रमुख कर अधिकृत लोकप्रसाद न्यौपानेका अनुसार अहिलेसम्म उठेको राजश्वमा लक्ष्य भन्दा धेरै कम उठेको भएपनि एनसेलले तिरेको आकस्मिक लाभको कारणले गर्दा यो बढी देखिएको हो । 
 
एनसेलले झण्डै १२ अर्ब गत महिनामात्रै ठूला करदाता कार्यालयमा विक्रिबापतको स्वघोषित १५ प्रतिशत गर तिरेको थियो । त्यसैले पनि यो वर्षको लक्ष्य पूर्तिको लागि समेत एनसेलको यो करले मुख्य भूमिका खेलेको प्रमुख कर अधिकृत लोकप्रसाद न्यौपानेले जानकारी दिए । 
 
कुनकुन शीर्षकमा कति उठ्यो राजश्व ?
२०७१ साल बैशाख मसान्तसम्मको राजश्वको शीर्षकमा विवरणलाई विश्लेषण गर्दा आयकरबापतको रकममा सबैभन्दाबढी ५७ अर्ब ३८ करोड १३ लाख रूपैयाँ राजश्व असुली भएको छ । जसको लक्ष्य ४७ अर्ब ९० करोडको मात्रै थियो । 
 
त्यस्तै आन्तरिक मुल्य अभिबृद्धि कर बापत २२ अर्ब ९५ करोडको लक्ष्य लिएकोमा २३ अर्ब ४२ करोड रूपैयाँ असुल भएको ठूला करदाता कार्यालयले जनाएको छ । त्यसपछि बढी असुली हुने क्षेत्रमा क्रमशः व्याजदरबापतको राजश्वमा चार अर्ब ५९ करोड ५२ लाख रूपैयाँ, शिक्षा क्षेत्रको राजश्व ११ करोड १७ लाख, घरजग्गाबापतको राजश्वमा ४९ करोड पाँच लाख र स्वास्थ्य बापतको राजश्वमा ११ करोड १७ लाख रूपैयाँ रहेको कार्यालयले जनाएको छ । 
 
शिक्षा अन्तर्गत बढीजसो मेडिकलकलेजहरू तथा स्वास्थ्य क्षेत्र भनेको निजी क्षेत्रतर्फका ठूला अस्पतालहरू रहेको पनि कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ