arrow

भारतमा आइतबार अमेरिका र ब्रजिलमा भन्दा बढी कोरोना संक्रमित, दुई करोड परीक्षण 

logo
प्रकाशित २०७७ साउन १९ सोमबार
corona-india-test.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु निकै बढेका छन् । आइतबार त भारतमा सबैभन्दा बढी कोरोना संक्रमित देखिए । ५२ हजार ७८३ जना संक्रमित देखिए पनि त्यो भारतको रेकर्ड नभए पनि आइतबार भने विश्वभरमै सबैभन्दा बढी संक्रमित भारतमा भेटिएका हुन् । 

भारतले त्यो दिन अमेरिका र ब्रजिललाई समेत उछिनेको छ । अमेरिकामा ४९ हजार ३१ तथा ब्रजिलमा २४ हजार ८०१ मात्र नयाँ संक्रमित थपिँदा भारतमा ५२ हजार ७८३ संक्रमित देखिएका हुन् । 

भारतमा गत शुक्रबार सबैभन्दा बढी संक्रमित देखिएका थिए । त्यो दिन ५७ हजार ४८६ जना नयाँ संक्रमित थपिएका थिए । त्यो भारतमा अहिलेसम्मकै बढी हो । 

शनिबार ५४ हजार ८६५ जना संक्रमित फेला परेका थिए । बिहीबार ५४ हजार ७५० जना संक्रमित थपिएका थिए । बुधबार ५२ हजार २६३ जना संक्रमित भएका थिए । 

अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १८ लाख ४ हजार ७०२ जना पुगेका छन् । मृतक ३८ हजार १६१ पुगेका छन् । आइतबार ७५८ जनाको ज्यान गएको छ । शनिबार ८५२ जनाको ज्यान गएको थियो । त्यो अहिलेसम्मकै तेस्रो उच्च अंक थियो । भारतमा एकैदिन सबैभन्दा बढी २ हजार ४ जनाको ज्यान गएको छ । 


हाल ५ लाख ७८ हजार ८७९ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार ४० हजार २१३ जनालाई निको भएको छ । शनिबार ५१ हजार २३२ जनालाई निको भएको थियो । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । 

हालसम्म ११ लाख ८७ हजार २२८ जनालाई निको भइसकेको छ । 

भारतले अहिलेसम्म दुई करोड मानिसको परीक्षण गरेको बताएको छ । तर पहिलो १ करोड टेष्ट हुँदा ३ लाख २० हजार मात्र संक्रमित भएकामा पछिल्लो १ करोड टेष्टमा १४ लाख ४० हजार संक्रमित थपिएका हुन् । 

भारतमा आरटीपीसीआर र एन्टिजन गरी दुई प्रकारको परीक्षण भइरहेको छ । एन्टिजन टेष्ट अहिलेसम्म २० लाख भइसकेको बताइएको छ । 

जुन १८ तारिखबाट यो टेष्ट दिल्लीबाट सुरु भएको थियो । यो टेष्टबाट बिरामीको पहिचान छिट्टै खुले पनि ३५ प्रतिशत जति बिरामी पकडमा नआउने पनि बताइएको छ । 

गृहमन्त्री अमित शाहसमेत कोरोना संक्रमित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ