arrow

भारतमा कोरोनाको संक्रमणः भयावह अवस्था

logo
प्रकाशित २०७७ साउन १९ सोमबार
corona-india8.JPG

एएनआइ, नयाँदिल्ली । भारतमा ‘कोभिड १९’ संक्रमितको सङ्ख्या १८ लाख नाघेको सोमबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १८ लाख ३ हजार ६९६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ । 

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७७१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार १३५ जना पुगेको छ । सरकारी अधिकारीका भारतमा कोरोना भाइरस संक्रमितमध्ये एघार लाख ८६ हजार २०३ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ७९ हजार ३५७ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस संक्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४८ हजार ८४३ जना संक्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ५७६ व्यक्तिको मृत्यु भइसकेको छ । महाराष्ट्र कुल चार लाख ४१ हजार २२८ व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । 

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ९६२ संक्रमित अवस्थामा रहेका छन् भने चार हजार १३२ जनाको मृत्यु भएको छ । 

राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा दश हजार ३५६ जना संक्रमित अवस्थामा रहेका र चार हजार ४० जनाको मृत्यु भइसेकेको छ । दिल्लीमा एक लाख २३ हजार ३१७ व्यक्ति कोरोना मुक्त भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ