arrow

क्यानडामा रहेका आप्रवासीहरुले चीनविरुद्ध गरे प्रदर्शन

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन १९ सोमबार
canada-anti-china-protest.jpg

काठमाडौं। कोरोना भाइरसको माहामारीका बीच शनिबार क्यानडाको टोरोन्टोमा चिनियाँ उत्पिडनविरुद्ध प्रदर्शन भएको छ। भारतीय, तिब्तीयन, भियतनामी र ताइवानी प्रवासीहरुले प्रदर्शन गरेका हुन्। क्यानाडा, हङकङ, बंगलादेशको अल्पसंख्यक अधिकार गठबन्धन, भारतीय, तिब्तीयन, भियतनामी र ताइवानी प्रवासीहरुले प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीहरुले अमेरिका, भारत र तिब्बतको झण्डा बोकेका थिए। चीन सरकारको विरुद्धमा प्लेकार्डहरु बोकेका प्रदर्शनकारीहरुले उइघुर मुस्लिम समुदयाहरुमाथि चीनले गरेको व्यवहारको मुद्दालाई उठाएका थिए। उइगुर समुदायमाथिको श्रम शोषण रोक्न र प्रजातन्त्रको रक्षाको माग प्रदर्शनकारीहरुले गरेका थिए।

प्रदर्शनकारीहरुले हङकङमा चीनले लागू गरेको नयाँ सुरक्षा कानुनको बिरोध गर्दै चीनले हङकङका नागरिहरुमाथि गरेको हस्तक्षेपको निन्दा गरेका थिए।
प्रदर्शनकारीहरुले नारा लगाउँदै भने, 'हामी भारत, हङकङ, भियतनाम, ताइवान र तिब्तीयनहरुप्रति चीनले गरेको उत्पिडनको विरुद्धमा छौं, चिनियाँ कम्युनिस्ट सरकारले हङकङका नागरिकहरुलाई नियन्त्रणमा लिएकोमा विरोध गर्छौ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ