arrow

भारतमा लगातार दोस्रो दिन अमेरिका र ब्रजिलमा भन्दा बढी कोरोना संक्रमित थपिए

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
corona-india-ppe.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु निकै बढेका छन् । लगातार दोस्रो भारतले विश्वका सबै राष्ट्रलाई उछिनेको छ । सोमबार भारतमा ५० हजार ६२९ जना संक्रमित देखिएका छन् ।

आइतबार पनि भारतमा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका थिए । आइतबार ५२ हजार ७८३ जना संक्रमित देखिए पनि त्यो भारतको रेकर्ड नभए पनि सोमबार र आइतबार भने विश्वभरमै सबैभन्दा बढी संक्रमित भारतमा भेटिएका हुन् । 

भारतले दुवै दिन अमेरिका र ब्रजिललाई समेत उछिनेको छ । सोमबार अमेरिकामा ४७ हजार ९७० जना संक्रमित भेटिएका थिए भने ब्रजिलमा मात्र १७ हजार ९८८ जना संक्रमित थपिएका थिए । 

आइतबार अमेरिकामा ४९ हजार ३१ तथा ब्रजिलमा २४ हजार ८०१ मात्र नयाँ संक्रमित थपिँदा भारतमा ५२ हजार ७८३ संक्रमित देखिएका हुन् । 

भारतमा गत शुक्रबार सबैभन्दा बढी संक्रमित देखिएका थिए । त्यो दिन ५७ हजार ४८६ जना नयाँ संक्रमित थपिएका थिए । त्यो भारतमा अहिलेसम्मकै बढी हो । 

शनिबार ५४ हजार ८६५ जना संक्रमित फेला परेका थिए । बिहीबार ५४ हजार ७५० जना संक्रमित थपिएका थिए । बुधबार ५२ हजार २६३ जना संक्रमित भएका थिए । 

अहिलेसम्म भारतमा कोरोना भाइरस संक्रमित १८ लाख ५५ हजार ३३१ जना पुगेका छन् । 

मृतक ३८ हजार ९७१ पुगेका छन् । सोमबार ८०६ जनाको ज्यान गएको छ ।आइतबार ७५८, शनिबार ८५२ जनाको ज्यान गएको थियो । त्यो अहिलेसम्मकै तेस्रो उच्च अंक थियो । भारतमा एकैदिन सबैभन्दा बढी २ हजार ४ जनाको ज्यान गएको छ । 

हाल ५ लाख ८५ हजार ४८३ जना सक्रिय संक्रमित रहेका छन् । सोमबार ४३ हजार ७० जनालाई निको भएको छ ।

आइतबार ४० हजार २१३ जनालाई निको भएको थियो । शनिबार ५१ हजार २३२ जनालाई निको भएको थियो । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । 

हालसम्म १२ लाख ३० हजार ४४० जनालाई निको भइसकेको छ । 

भारतले अहिलेसम्म दुई करोड भन्दा बढी मानिसको परीक्षण गरिसकेको बताएको छ । मंगलबार बिहानसम्म २ करोड २ लाख २ हजार ८५८ जनाको परीक्षण भएको हो । 

भारतमा आरटीपीसीआर र एन्टिजन गरी दुई प्रकारको परीक्षण भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ