arrow

प्रेस युनियन डोटीद्वारा पत्रकारलाई कोरोना रोक्ने सामग्री 

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
doti-patrakar-corona-rahat.jpg

डोटी । नेपाल प्रेस युनियन डोटी शाखाले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई प्रेस ज्याकेट, मास्क र सेनेटाइजर वितरण गरेको छ । 

युनियनले दिपायलमा एक कार्यक्रमको आयोजना गरी तीन दर्जन सञ्चारकर्मीहरुलाई उक्त सामग्री वितरण गरेको हो ।

कोरोना भाइरसको महामारी फैलिरहेका बेला समाचार संकलनका लागि जाँदा र कार्यालय जादा सहज होस् भनेर ज्याकेट, मास्क र सेनेटाइजर वितरण गरिएको प्रेस युनियनका अध्यक्ष प्रकाश बलमे बताए ।

सामग्री वितरण संगै महामारीको बेला आफू सजक र सुरक्षित भएर कसरी समाचार संकलन गर्ने, कसरी सूचना लिने भन्ने बिषयमा पनि छलफल गरिएको युनियन सचिव पवन महराले बताए ।

यसअघि पनि युनियनले जिल्लामा क्रियाशिल पत्रकारहरुलाई जकेट र स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको महराले जानकारी दिए ।

स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रिय सदस्य मिन बमले संकटको अवस्थामा सबै भन्दा बढी प्रभावमा पत्रकारहरु पर्ने भएकाले पत्रकारहरुलाई सजक र सचेत भएर रिपोर्टिङ्ग गर्न सुझाव दिए । 

पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायरले पत्रकारहरु फण्टलाइनमा रहेर जनतालाई सुसुचित गर्न आफ्नो पेशामा कटिबद्ध भएर लागि रहेको बताए । 

उनले यस्तो परिस्थितिमा प्रेस युनियनले वितरण गरेको जकेट र स्वास्थ्य सामग्रीले पत्रकारहरुलाई ठूलो सहयोग पुगेको बताए ।

प्रेस युनियनलाई नेपाली काँग्रेसकी नेतृ प्रशिस महरा र काँग्रेस नेता पदमराज जोशीले ज्याकेट उपलब्ध गराएका थिए  । स्वास्थ्य सामग्री चोपडा अस्पताल दिपायल र सेती फार्मेसीले उपलब्ध गराएको थियो ।

सामग्री वितरण कार्यक्रममा नेपाल प्रेस युनियनका कैलाली शाखा अध्यक्ष श्रबण देउवा, डोटी शाखाका पार्षद, साधारण सदस्य लगायतको सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ