arrow

भारतमा संक्रमितको संख्या १८ लाख ५५ हजार नाघ्यो

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
corona-india9.jpg

एएनआइ, नयाँदिल्ली । भारतमा ‘कोभिड १९’ संक्रमितको सङ्ख्या १८ लाख ५५ हजार  नाघेको मङ्गलबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५० जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १८ लाख ५५ हजार ७४६ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ८०३ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार ९३८ जना पुगेको छ । सरकारी अधिकारीका अनुसार  भारतमा कोरोना भाइरस संक्रमितमध्ये बाह्र लाख ३० हजार ५१० व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ८६ हजार २९८ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस संक्रमण राज्यका रुपमा रहेको छ । हाल महाराष्ट्रमा एक लाख ४७ हजार ३२४ जना संक्रमित अवस्थामा नै रुहेका छन् भने १५ हजार ८४२ व्यक्तिको मृत्यु भइसकेको छ ।  महाराष्ट्र कुल चार लाख ५० हजार १९६ व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । 

कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडूमा ५६ हजार ६०९ संक्रमित अवस्थामा रहेका छन् भने चार हजार २४१ जनाको मृत्यु भएको छ । राजधानी शहरसमेत रहेको दिल्ली राज्यमा एक ३८ हजार ४८२ जनामा संक्रमण भएको र ती मध्ये एक २४ हजार २५४ जना निको भएर घर फर्किएका छन् ।   कोरोना संक्रमणको कारण दिल्लीमा चार हजार २१ जनाको मृत्यु भइसेकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ