arrow

चीनले गुमायो ४ हजार करोडको भारतीय राखी बजार

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २० मंगलबार
rakhi1.jpg

काठमाडौं। रक्षाबन्धन सकिएको छ। तर यो पटकको रक्षाबन्धन भारतीय व्यवसायीक जगतमा भने चर्चाको बिषय रह्यो । करिब ६ हजार करोडको रक्षावन्धन र राखीको भारतीय बजारमा यसपटक चीनले कुनै हिस्सा पाएन।

रक्षाबन्धनको भारतीय व्यापारमा चीनले प्रवेश नपाउँदा यसअघी प्रत्येक बर्ष पाउँदै आएको करिब ४ हजार करोड भारतीय रुपैयाँ बराबरको व्यापार गुमाएको छ। भारतले रक्षाबन्धनमा प्रयोग हुने राखी आयात नगर्दा चीनलाई एकै दिनमा यति ठूलो घाटा लागेको हो।

जुन १० मा अल इन्डिया ट्रेर्डस कन्फिडरेसनले यसपटकको रक्षाबन्धनमा हिन्दुस्तानी राखी बनाउने घोषणा गरेको थियो । कन्फिडरेसनले देशव्यापी रुपमै अभियान जस्तै किसिमले भारतीय सामग्रीकै प्रयोग गरेर १ करोड राखी बनाएको थियो।

अल इन्डिया ट्रेडर्स कन्फिडरेसनका अध्यक्ष बीसी भारतीय र महासचिव प्रविण खान्डेवालले यस वर्ष भारतले चीनबाट एउटा राखी समेत आयात नगरेको जानकारी दिए । हरेक वर्ष भारतमा कम्तिमा ५० करोड राखी बिक्री हुने गरेको बताइएको छ।

करिब ६ हजार करोड मूल्य बराबरको राखीमध्ये ४ हजार करोडको राखी चीनबाट आयात हुँदै आएको थियो । तर यसवर्ष चीनबाट एउटामात्रै राखी आयात नगर्दा चीनलाई ४ हजार करोडको घाटा लागेको भारतीय मिडियाहरुले समाचार सम्प्रेषण गरेका छन् । यसबाट भारतले चीनमाथिको निर्भरतालाई पूर्णरुपमा हटाउन सक्ने सम्भावना रहेको पुष्टि भएको संकेतका रुपमा कतिपयले उल्लेख गरेका छन्।

चीनबाट आयातलाई कम गर्न र रोक्न यसै अगस्टको ९ तारिकका दिन ट्रेर्डस कन्फिडेरेशनले चीनलाई छोड भारत अभियान सञ्चालन गर्ने बताएको छ । यो दिन देशभरका ८ सय भन्दा बढी ठाँउमा व्यापारीहरु भेला हुने र चीनमाथिको निर्भरतालाई छाडौं भन्दै नारा लगाउने बताइएको छ। त्यस्तै अगस्त ५ का दिन व्यापारीहरुले राम मन्दिरको शिलान्यासको अवसरमा दीप प्रज्वलन गर्ने समेत बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ