काश्मीरमा सियाहरुले महशुस गरेको धार्मिक स्वतन्त्रता, कसरी भए लाभान्वित ?
एएनआई,
प्रकाशित २०७७ साउन २० मंगलबार
865
Shares
काठमाडौं। भारत सरकारले धारा ३७० खारेज गर्दा भएको व्यापक विरोध अहिले मत्थर हुँदै गएको बताइएको छ। धारा ३७० खारेजीले आफूलाई खुसी प्रदान गरेको काश्मीरीहरुले बताउन थालेका छन्।
धारा ३७० को खारेजीले लद्दाखमा रहेका सिया समुदायले धार्मिक स्वतन्त्रताको महसुस गर्न पाएको बताएका छन्। उनीहरुले भारतका अन्य नागरिक सरह अहिले समान अधिकार र धार्मिक स्वतन्त्रताको प्रत्याभूत गर्न पाएको बताएका हुन्।
गत अगस्ट अघि जम्मु काश्मीरमा सिया समुदाय अल्पसंख्यक समुदायको रुपमा थिए। तर, अहिले अल्पसंख्यक र बहुसंख्यकबीचको विवाद अन्त्य भइ नागरिकले समान अधिकारको उपभोग गर्न पाएका छन्।
लेहस्थिति सिया समुदायका प्रमुख असरफ अलि बाचाले गत वर्ष भारत सरकारले संविधानमा गरेको परिवर्तनले देशभर धार्मिक स्वतन्त्रता कायम गरेको बताए।
भारतीय संचार माध्यमहरुसँग कुरा गर्दै उनले भने, "लद्दाखमा पनि अहिले धार्मिक स्वतन्त्रता कायम भएको छ। हामीलाई अहिले कुनै समस्या छैन। स्वतन्त्रतापूर्वक हामीले हाम्रा पर्वहरु मनाउन पाएका छौं भने हाम्रा संस्कारहरु मान्न पाएका छौं।"