arrow

बेइरुतमा भयानक विष्फोट, कम्तीमा ७३ को मृत्यु, चार हजार भन्दा बढी घाइते 

२४० किलोमिटर परसम्म सुनियो उक्त विष्फोटको आवाज 

logo
प्रकाशित २०७७ साउन २१ बुधबार
berut-bisfot.jpg

काठमाडौं । लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७३ जनाले ज्यान गुमाएका छन् । 

उक्त विष्फोटनमा चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन् । अस्पतालहरू भरिएका छन् भने कैयौँ भवनहरू ध्वस्त भएका छन् ।

अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना भएको बताइरहेका छन् ।

राष्ट्रपति मिसेल आउनले आफ्नो सामाजिक संजाल ट्वीटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु ‘अस्वीकार्य’ भएको बताएका छन् ।

विस्फोटनको कारण पत्ता लगाउन अनुसन्धान जारी राखिएको जनाइएको छ ।

विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो । सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरीको हत्याको मुद्दामा फैसला आउनु केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो।

राष्ट्रसङ्घीय न्यायाधीकरणले हरिरीे कार बम हमलामा भएको हत्याको घटनाका चार संदिग्धको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो।

ती चारै व्यक्ति इरान समर्थित हेज्बोल्लाह समूहका सदस्य थिए। सो समूहले उक्त हत्यामा आफू जिम्मेवार नभएको बताउँदै आएको छ।

फैसला शुक्रवार हुँदै गरेको बीबीसीले लेखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ