arrow

फ्रान्सका राष्ट्रपति म्याक्रोन लेबनान जाने

logo
एएनआई,
प्रकाशित २०७७ साउन २१ बुधबार
macron-french.jpg

पेरिस। फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोनले आकस्मिक रूपमा लेबनानको भ्रमण गर्ने भएका छन्। लेबनानको राजधानी बेरुतमा मङ्गलबार भएको विनाशकारी घटनाका बारेमा सहानुभूति व्यक्त गर्न उनले बिहीबार लेबनानको भ्रमण गर्न लागेको जनाइएको छ। राष्ट्रपतिको कार्यालयले भनेको छ, “राष्ट्रपति म्याक्रोन बिहीबार लेबनान जानुहुनेछ र राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुहुनेछ।”

उनको यो भ्रमण आकस्मिक भएको र छिमेकीको रूपमा एउटा देशले अर्को देशप्रति देखाउने सहानुभूतिका लागि हुन लागेको अधिकारीहरूको भनाइ छ। लेबनानको राजधानी बेरुतमा मङ्गलबार राति अबेर भएको शक्तिशाली विस्फोटनको घटनामा परी एक सयभन्दा बढीको मृत्यु भएको छ।

त्यसैगरी अरू चार हजारभन्दा बढी घाइते भएका कारण बेरुतका सवै जसो अस्पताल खचाखच भरिएको समाचारमा जनाइएको छ। बेरुतका अधिकारीका अनुसार बेरुत सहरका झण्डै आधा घरमा क्षति पुगेको छ। अहिले लेबनान र मध्यपूर्वी देशहरू नै त्रसित अवस्थामा रहेका छन्।

घटनाका बारेमा संसारभरिबाट आलोचना भइरहेको छ भने कतिपयले लेबनानलाई सहयोगको घोषणा पनि गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ