arrow

बेइरुत विस्फोटमा कम्तीमा १३५ को गयो ज्यान, बन्दरगाहका अधिकारी नजरबन्दमा

कृषिका लागि मलका रुपमा प्रयोग गर्ने अमोनियम नाइट्रेट विष्फोट, हिरोसिमा विष्फोटको १० भागको एक भाग मात्र

logo
प्रकाशित २०७७ साउन २२ बिहिबार
beirut-bisfot.jpg

काठमाडौं । लेबननको बेइरुतमा भएको ठूलो विस्फोटनमा परी ज्यान गुमाउनेको संख्या कम्तीमा १३५ पुगेको छ । चार हजार भन्दा बढी घाइते रहेका छन् । 

मंगलबार भएको उक्त विष्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ।

राष्ट्रपति मीसेल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बीबीसीले लेखेको छ । 

भन्सार प्रमुख बद्रि दाहेरले आफ्नो निकायले उक्त रसायन हटाउन भनेको तर त्यस्तो नभएको बताएका छन् ।

विस्फोट हुन सक्ने गुण भएको रसायन अमोनियम नाइट्रेट कृषि क्षेत्रमा मलका रूपमा समेत प्रयोग गरिन्छ।

बुधवार मन्त्रिपरिषद्को आपतकालिन बैठकमा राष्ट्रपति आउनले बेइरुतमा अघिल्लो रातको आतङ्क शब्दमा बयान गर्न नसकिने बताएका छन्।

बेलायतस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेइरुत विस्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमामा खसालिएको अणु बम बमको शक्तिसँग तुलना गर्दा त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन् ।

उनीहरूले पछिल्लो घटना ुनिस्सन्देह आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटन मध्येको एकु बताएका छन् ।

अधिकारीहरूका अनुसार बेइरुतको एउटा गोदाममा ६ वर्षदेखि उक्त विस्फोटक पदार्थ राखिएको थियो । विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।

सन् २००५ मा भएको पूर्व प्रधानमन्त्री रफिक हरिरिको हत्याको मुद्दामा फैसला आउनुभन्दा केही समय अगाडि उक्त ठूलो विस्फोटन भएको हो ।

बेइरुतका बन्दरगाहका प्रमुख र भन्सार प्रमुख दुवैले स्थानीय सञ्चार माध्यमहरूलाई जनाए अनुसार सुरक्षाका लागि उक्त रसायन निर्यात गरिनुपर्ने वा बन्दरगाहको सुरक्षा सुनिश्चित गर्नका लागि बिक्री गर्नुपर्ने भन्दै उनीहरूले न्यायिक निकायहरूलाई कैयौँ पत्र लेखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ