arrow

पोष्ट पार्सल हबको संचालनपछि श्रीनगरको पार्सल डेलिभरी र इ-कमर्स सेवामा सुधार

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २२ बिहिबार
india-post-parcel-hub.jpg

काठमाडौं। भारत सरकारले संविधानको धारा ३७० को खारेज गरेसँगै जम्मू कश्मीरलाई निकै सुविधा उपलब्ध भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। श्रीनगरमा उद्‌घाटन गरिएको इन्डिया पोष्ट पार्सल हब पूर्ण रूपमा सञ्‍चालनमा आएसँगै पार्सल वितरण र ई-वाणिज्य सेवाहरू सुधार भएका रिपोर्टहरुमा बताइएको  छ।

सहरमा पार्सल हबको नहुँदा र ई-वाणिज्य सेवाहरूको अभावका कारण मानिसहरू धेरै अवरोधहरूको सामना गरिरहेका थिए । अब, पारदर्शीताका साथ सजिलो पार्सल सेवाहरूले नागरिकको झन्झटिलो सपिङको अवरोधलाई हटाइदिएको छ। 

भारत पोस्ट पार्सल हब जनवरीमा उद्घाटन गरिएको थियो । यससँग धेरै सुविधाहरू जस्तै क्रमबद्ध, नयाँ तौल मेशिनहरू र पार्सलहरूको अनलाइन बुकिंग कार्य भइरहेको छ । 

स्थानीयहरूले यस पहलको सराहना गरेका छन् । मुलुक कोभिड-१९ महामारीसँग लडिरहेको बेला पार्सल सेवा र ई-कमर्सले जनतालाई निकै ठूलो सुविधा उपलब्ध गराइरहेका छन् । 

श्रीनगरका अकिब सुल्तानले यस पहलको सराहना गर्दै भने, "अहिले पार्सल सेवाबाट मानिसहरूले धेरै सुविधा पाइरहेका छन् । ई-वाणिज्य सुविधाले काश्मीर उपत्यकामा व्यापार सम्भावना बढाउन मद्दत गरेको छ ।"

अर्का बासिन्दा फरहान अहमदले भारतीय समाचार एजेन्सी एएनआईलाई भने, "यदि प्रशासनले नागरिकका लागि यस्तो निर्णय लिन्छ भने यो सबैको लागि राम्रो हुन्छ । पार्सलहरू पठाउन र संकलन गर्न सजिलो भएको छ । यस सुविधाले हाम्रो लागि सुलभ र सजिलो गरी सामान खरिदमा मद्दत पुर्‍याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ