arrow

विश्वबजारमा अझैं २ वर्ष सुनको भाउ बढ्न सक्ने, के हो मूख्य कारण ?

सुनको लगानी कति फाइदाजनक ?

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २२ बिहिबार
gold-plate.jpg.jpeg

काठमाडौं। इतिहासमै पहिलो पटक नेपालमा सुनको भाउ (हिजो बुधबारसम्मको मूल्य) १ लाख १ हजार ४ सय रुपैंया पुगेको छ। कोरोना भाइरसको माहामारी, कमजोर डलर, कम ब्याजदर, र उत्तेजक आर्थिक कार्यक्रमहरुका कारण सुनको भाउ बढ्दै गएको हो। कोरोना भाइरसको माहामारीले विश्वको अर्थतन्त्रलाई संकुचन मोडमा धकेलिरहेका बेला किन सुनको भाउले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ त ? के अझैं सुनको भाउ बढ्दै जाला ?

किन सुनको भाउ निरन्तर बढ्दै छ ?
सन् २०२०को सुरुको तुलनामा सुनको भाउ झण्डै सय प्रतिशतले बढेको छ । गत मार्चमा सबैभन्दा कम मूल्यबाट सुरु भएको सुनको व्यापार अनिश्चित रुपमा बढ्दै गइरहेको छ।

नेपाली सुनचाँदीको बजार अन्तर्राष्ट्रिय बजारसँग सम्बन्धित छ, जसकारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपालमा पनि स्वत बढ्छ नै। विश्वबजारमा पछिल्ला महिनाहरुमा लगातार सुनको मूल्य बढ्दो छ । डलर कमजोर हुँदै गएका कारण र लगानीकर्ताहरु बढ्दै गएका कारण सुनको मूल्य बढी रहेको हो। यसबाहेक कोरोना भाइरसको बढ्दो संकट र अमेरिका र चीनबीचको तनावले समेत सुनको मूल्य बढ्दै गइरहेको हो।

नेपालमा धेरै जसो सुन आयात हुने भारतीय बजारमा अहिले सुनको मूल्य प्रति दश ग्राम ५० हजार भारतीय रुपैयाँ नाघेको छ। आउँदो १८ देखि २४ महिनासम्म अझैं लगातार सुनको भाउ बढेर ६५ हजार भारतीय रुपैयाँ पुग्न सक्ने बजार विश्लेषकहरुको भनाइ छ । यहि भनाईलाई आधार मान्दा पनि आउँदो २ वर्षसम्म सुनको भाउ निरन्तर बढ्न सक्ने सम्भावना देखिएको हो।

विश्वबजारमै यसरी सुनको भाउ बढ्दै जानुका मूख्य कारणहरु के हुन् ?
माग र आपुर्ति
यो निश्चित होकी कुनै पनि कूराको माग बढ्दै जाँदा त्यसको मूल्य पनि बढ्छ । यद्यपी पेट्रोलियम पदार्थ झैं सुन उपभोग्य वस्तु हैन। संसारमा आजसम्म बिक्री भएको सुन अहिले पनि पाइन्छ। यसबाहेक प्रत्येक वर्ष खानीबाट उत्खनन् हुने सुन मागको अनुपातमा निकै कम छ। जसकारण सुनको माग बढेसँगै मूल्य बढेको हो।

मुद्रास्फीति
मुद्रास्फीति बढ्दै जाँदा मुद्राको मूल्य घट्छ। यसो हुँदा अन्य क्षेत्रभन्दा लगानीकर्ताहरुले सुनमा लगानी गर्छन्। मुद्राको मूल्य थपघट भएपनि सुनमा गरिएको लगानीले घाटा हुँदैन।

घट्दो ब्याजदर
ब्याजदर घट्दै जादा बैंकमा सञ्चित पैंसाबाट नाफा हुँदैन । त्यसकारण मानिसहरुले सुन किन्न खोज्छन् र यसले सुनको माग बढाउँछ र सँगै सुनको मूल्य पनि बढ्छ। त्यस्तै जब ब्यजदर बढ्छ मानिसहरुले सुन बेचेर बढी ब्याज पाउनका लागि पैसा बैंकमा जम्मा गर्छन्, यस्तो बेलामा सुनको मूल्य घट्छ । खासमा सुनको मूल्य सुनको माग बढेमा बढ्छ र सुनको माग घटेमा बढ्छ ।

मुद्रामा उतारचढाव
सुनको किनबेच अमेरिकी डलरमा हुने गर्छ। यसोहुँदा नेपाली रुपैयाँ अमेरिकी डलरसँग साट्नु पर्ने हुन्छ। त्यसकारण डलरको मूल्यमा आएको बढावा या गिरावटले सुनको मूल्यमा पनि घटबढ गर्छ। मुद्रास्फीति र आर्थिक उथलपुथलको विरुद्ध सुनले महत्वपूर्ण भुमिका निभाउँछ । यसकारण सुनको माग बढ्छ र मागसँग मूल्य पनि।

उत्खननमा कमी
कोरोना भाइरसको माहामारीका कारण सुन उत्खननमा कमी भएको छ । यद्यपी बजारमा भने सुनको माग अत्यधिक बढेको छ यसकारणले पनि सुनको मूल्य बढेको हो।

विनियम दर
मुद्रा विनियम दरले पनि सुनको भाउ बढ्नु र घट्नुमा महत्वपूर्ण भुमिका निर्वाह गर्छ । अहिले डलर एकदमै कमजोर बनेका कारण नेपाली रुपैयाँ पनि कमजोर भएको छ। अहिले १ डलरको मूल्य झण्डै १ सय २० रुपैयाँ पुगेको छ । माहामारी पहिले डलरको मूल्य १ सय १० रुपैयाँ हाराहारीमा थियो। अहिले २ हजार डलरको सुन किन्नु पर्दा झण्डै २० हजार रुपैयाँ बढी तिर्नूपर्छ । यसोहुँदा सुनको मूल्यमा वृद्धि हुन जान्छ।

भन्सार
नेपालको परिवेशमा विनियम दरपछि उच्च भन्सारले समेत सुनको मूल्य घटबढ हुनुमा ठूलो भुमिका निर्वाह गर्छ। नेपाल सुनचाँदी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यका अनुसार अहिले एक तोला सुन आयातमा झण्डै ९ हजारभन्दा बढी भन्सार शुल्क लाग्छ। यसोहुँदा पनि सुनको नेपालमा सुनको मूल्य झनै महँगो हुदै गएको छ।

के अहिले सुनमा लगानी गर्नु उचित हुन्छ ?
बजार बिश्लेषकहरुले आउँदो डेढदेखि २ वर्षसम्म सुनको मूल्य बढ्दै जाने अनुमान गरेका छन्। कारोना भाइरसको माहामारीका कारण न्युन ब्याजदर, उच्च तरलता र आर्थिक प्रभावका कारण सुनको माग र मूल्य बढ्दै जाने उनीहरुको विश्वास छ। यसकारण इतिहासमै पनि हेर्ने हो भने सन् १९७३ देखि प्रत्येक वर्ष सुनको मूल्य बढ्दै गएको छ। संकटको समयमा होस् या राम्रो समयमा सुनमा गरिएको लगानीले घाटा भने भएको छैन्।

सुनले कसरी मुद्रा स्फीतिविरुद्ध काम गर्छ ?
मुद्रा कमजोर बन्दै जाँदा डलरको मूल्य बढ्छ । जस्तै की नेपालमा १ डलरको मूल्य १ सय १९ पुगेको छ। डलरको मूल्य बढेसँगै सुनको मूल्य पनि डलरमै बढ्दै जान्छ । त्यसो हुँदा सुनको मालिकलाई डलरको मूल्य बढेपनि घाटा हुँदैन किनकी उसँग सोही मूल्य बराबरको सुन पनि हुँदै जान्छ। त्यसकारण लगानीकर्ताहरुले सुनलाई मुद्रास्फीतिको क्षतिपुर्ति गर्ने हतियारका रुपमा प्रयोग गर्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ