arrow

बलुच विद्रोहीको आक्रमणमा सात पाकिस्तानी सेनाको मृत्यु

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २२ बिहिबार
pakistani-army.jpg

काठमाडौं। बलुचिस्तान लिब्रेसन फ्रन्टले बलुचिस्तानको झाओ र मास्केमा गरेको आक्रमणमा पाकिस्तानी सेनाको सात जनाको मृत्यु भएको छ । 

बलुचिस्तान लिब्रेसन फ्रन्टका प्रवक्ता ग्वारम बलुले मांगुली चेकपोस्टमा आक्रमण गर्दा तीनजनाको मृत्यु भएको दावी गर्दै  एकजना घाइते भएको जनाएका छन् । 

त्यसैगरी नोनदारा क्षेत्रमा पाकिस्तानी सेनाको गस्तीमाथि आक्रमण हुँदा चार जनाको मृत्यु भएको तथा अन्य दुईजना घाइते भएका छन् । 

बलुचिस्तानमा स्वतन्त्र बलुचिस्तानको माग गर्दै लामो समयदेखि बलुच फ्रिडम फाइटरहरुले विभिन्‍न गतिविधिहरु गर्दै आएका छन् । पाकिस्तानी सेनाले उनीहरुको आन्दोलनलाई दबाउँदै आएको छ । यहि क्रममा पाकिस्तानी सेना र बलुचिस्तान लिब्रेसन फ्रन्टबीच पटक पटक झडप हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ