arrow

भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमित, तेस्रो दिन अमेरिका र ब्रजिलमा भन्दा बढी 

logo
प्रकाशित २०७७ साउन २३ शुक्रबार
corona-india1.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु बिहीबार विश्वमै सबैभन्दा बढी बढेका छन् । लगातार तेस्रो दिन भारतले विश्वकै बढी संक्रमित फेला पारेको हो । 

बिहीबार २४ घण्टामा सबैभन्दा बढी ६२ हजार १७० जना संक्रमित भारतमा भेटिएका छन् । यसअघि एकै दिन यो भन्दा बढी संक्रमित भारतमा रहेका थिएनन् । 

अमेरिकामा ५५ हजार २२३ तथा ब्रजिलमा ५४ हजार ८०१ जना संक्रमित रहेकामा भारतमा अमेरिकाको भन्दा सात हजार बढी संक्रमित रहेका हुन् । 

यसअघि बुधबार भारतमा ५६ हजार ६२६ जना संक्रमित थपिएका थिए । बुधबार अमेरिकामा ५४ हजार ८९० तथा ब्रजिलमा ५४ हजार ६८५ जना संक्रमित थपिएका थिए । 

मृतक पनि भारतमा बढेका छन् । बिहीबार ८९९ जनाको ज्यान गएको छ । बुधबार ९१९ जनाको ज्यान गएको थियो । 

अहिलेसम्म भारतमा २० लाख २५ हजार ४०९ जना संक्रमित भएका छन् । त्यसमध्ये सक्रिय संक्रमितको संख्या ६ लाख ५ हजार ९३३ रहेको छ । 

बिहीबार ५० हजार १४१ जनालाई निको भएको छ । बुधबार ४५ हजार ५४० जनालाई निको भएको थियो । अहिलेसम्म निको हुने १३ लाख ७७ हजार ३८४ पुगेका छन् । 

मृतक ४१ हजार ६३८ पुगेका छन् । 

यस्तो छ विगतको आँकडा 
मंगलबार ५१ हजार २८२ जना नयाँ संक्रमित थपिएका थिए । तर ५१ हजार २२० जना संक्रमितलाई निको पनि भएको थियो । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । कोरोनाबाट अहिलेसम्म १९ लाख ६ हजार ६१३ जना संक्रमित भएका छन् । 

मृतक मंगलबार ८४९ थपिएका छन् । सोमबार भारतमा ५० हजार ६२९ जना संक्रमित देखिएका थिए । आइतबार पनि भारतमा सबैभन्दा बढी कोरोना संक्रमित देखिएका थिए । आइतबार ५२ हजार ७८३ जना संक्रमित देखिए पनि त्यो भारतको रेकर्ड नभए पनि सोमबार र आइतबार भने विश्वभरमै सबैभन्दा बढी संक्रमित भारतमा भेटिएका थिए ।

भारतले दुवै दिन अमेरिका र ब्रजिललाई समेत उछिनेको थियो । सोमबार अमेरिकामा ४७ हजार ९७० जना संक्रमित भेटिएका थिए भने ब्रजिलमा मात्र १७ हजार ९८८ जना संक्रमित थपिएका थिए । 

आइतबार अमेरिकामा ४९ हजार ३१ तथा ब्रजिलमा २४ हजार ८०१ मात्र नयाँ संक्रमित थपिँदा भारतमा ५२ हजार ७८३ संक्रमित देखिएका हुन् । 

भारतमा गत शुक्रबार सबैभन्दा बढी संक्रमित देखिएका थिए । त्यो दिन ५७ हजार ४८६ जना नयाँ संक्रमित थपिएका थिए । त्यो भारतमा अहिलेसम्मकै बढी हो । 

शनिबार ५४ हजार ८६५ जना संक्रमित फेला परेका थिए । बिहीबार ५४ हजार ७५० जना संक्रमित थपिएका थिए । बुधबार ५२ हजार २६३ जना संक्रमित भएका थिए । 

सोमबार ८०६ जनाको ज्यान गएको थियो । आइतबार ७५८, शनिबार ८५२ जनाको ज्यान गएको थियो । त्यो अहिलेसम्मकै तेस्रो उच्च अंक थियो । भारतमा एकैदिन सबैभन्दा बढी २ हजार ४ जनाको ज्यान गएको थियो । 

सोमबार ४३ हजार ७० जनालाई निको भएको थियो । आइतबार ४० हजार २१३ जनालाई निको भएको थियो । शनिबार ५१ हजार २३२ जनालाई निको भएको थियो । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । 

भारतले अहिलेसम्म दुई करोड १४ लाख ८४ हजार ४०२ भन्दा बढी मानिसको परीक्षण गरिसकेको बताएको छ । 
भारतमा आरटीपीसीआर र एन्टिजन गरी दुई प्रकारको परीक्षण भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ